
मोवाइल छिटो चार्ज गर्ने तरिका
९ पुष २०७५, सोमबार १७:२९
मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्।
१. मोवाइललाई फ्लाइट मोडमा राख्ने
मोवाइललाई फ्लाइट मोडमा राख्दा सबै फङसन बन्द हुन्छन्। जसले गर्दा मोवाइल छिटो चार्ज हुन्छ।
त्यति बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस जस्ता फिचर बन्द हुन्छन्।
२. मोवाइल बन्द गर्नुस्
मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ। यो एउटा ‘मिथ’ जस्तै बनेको छ। तर यो सत्य भने होइन। तर मोवाइल अफ गरेर चार्ज गर्दा छिटो चार्ज हुने कुरा भने सत्य हो।
३. युएसबी पोर्टमा चार्ज नगर्नुस्
मोबाइल फोन युएसबी पोर्टबाट ढिलो चार्ज हुन्छ। त्यस कारण विजुलीबाट चार्ज गर्दा छिटो हुन्छ। एप्पल फोनको लगि कम्पनीले मोवाइलको फोन एडप्टरसँग भएको युएसवी केवलबाट विजुली पोइन्टबाट चार्ज गर्न सुझाव दिएको छ।
४. उचित तापक्रममा राख्नुस्
धेरै तापक्रम ब्याट्रीको चार्ज टिकाइराख्नको लागि हानिकारक हुन्छ। एप्पलले तापक्रमका कारण ब्याट्रीको क्षमतामा प्रभाव पार्ने भन्दै घामबाट समेत मोवाइललाई टाढा राख्न भनेको छ।
५. आधिकारिक चार्जर प्रोगोग गर्नुस्
सवै चार्जर एकै प्रकारका हुँदैनन। फोनको आधिकारिक चार्जर प्रयोग गर्दा मोवाइल सुरक्षित पनि हुन्छ। अनधिकृत चार्जर प्रयोग गर्दा समस्या आउन सक्छ। यसले राम्रोसँग मोवाइल चार्ज नहुन पनि सक्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने