जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन


काठमाडाैं । राष्ट्रिय एकता अभियानले जानकी मन्दिरमाथि जारी इस्लामिक अतिक्रमणविरुद्ध प्रदर्शन गरेकाे छ ।

अभियानको केन्द्रीय अध्यक्ष विनय यादवकाे नेतृत्वमा ललितपुर स्थित दमकल चौकदेखि रैली निकली मुस्लिम आयोगको अगाडि पुगेर प्रदर्शन गरिएकाे थियाे ।

प्रदर्शनमा अभियानका अभियन्ताहरुले जानकी मन्दिरसँगैको जामे मस्जिद भत्काउ, मुस्लिम आयाेग खारेज गर, इलस्लामिक अतिक्रमण बन्द गर, जानकी मन्दिर घेर्ने मुस्लिम बस्ती हटाउ, जिहादी आतंकवाद मुर्दावाद र हिन्दु एकता जिन्दावाद, समीम मियालाई कार्यवाही गर, नेपाललाई तालिवान बनाऊंन पाइदें,भन्दै नारा लगाएका थिए ।

काेण सभामा परिणत भएकाे प्रदर्शनमा अध्यक्ष यादवले पछिल्लाे समय नेपालमा जिहादी गतिविधि बढेकाे बताए । उनले भने,’हिन्दुहरुमाथि मुस्लिमहरुले ज्यादती गरिरहेका छन्, तीन दिनअघि राम नवमीकाे अवसरमा जनकपुरमा निकालिएकाे शाेभा यात्रामा मुस्लिमहरुले ढुंगामुढा गरेका थिए, जसले प्रष्ट हुन्छ की नेपालमा जिहादी गतिविधि बढेकाे छ।’

साेही क्रममा उनले मुस्लिम आयाेगले उक्त विषयलाई लिएर झुठाे प्रेस विज्ञप्ति निकालेकाे बताए । उनले भने, मुस्लिम आयाेगले मुस्लिम समुदायकाे बचाउमा प्रेस विज्ञप्ति निकालेकाे हाे, यसले समाजिक सदभावमा असर पुर्‍याएकाे छ।’

प्रदर्शनमा राष्ट्रिय विद्यार्थी परिषदका महासचिव पप्पू यादव, अभियानकी सदस्य मिना देवी, दिवस पटेल लयायत सयाैँकाे संख्यमा अभियन्ताहरु सहभागी थिए ।


Loading comments...