
नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई भारतीय विदेशमन्त्री डा एस जयशंकरको बधाई
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ ।
नेपाली कांग्रेसका नेता साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी भारत भ्रमणको केही साताअघि पदभार ग्रहण गर्नुभएको हो ।
एक ट्वीटमा, जयशंकरले दुई देशहरू बीचको बहुआयामिक साझेदारी बढाउन साउदसँग निकट रही काम गर्ने आशा व्यक्त गर्नुको साथै परराष्ट्रमन्त्री साउदको कार्यकालको सफलताको कामना गर्नुभएको छ।
Congratulate H.E. N.P. Saud on his appointment as the Foreign Minister of Nepal.
Look forward to working together to strengthen our multifaceted partnership. Best wishes for success in your new role.@MofaNepal
— Dr. S. Jaishankar (@DrSJaishankar) April 16, 2023