कार्यालय समयमा तास खेल्ने नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर


काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको महानगर श्रोतले जनाएको छ।

बुधवार दिउँसो टेकु स्थित नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा पाइएको थियो। उनीहरू प्रहरी बलको पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ। यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानिया रहेका छन्। बानिया भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका थिए। उनलाई फिर्ता पठाउने तयारी भएको श्रोतले जनाएको छ।

अहिले अन्य व्यक्ती पनि छानबिनको दायरामा ल्याइएको छ। अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई कारबाही गर्ने तयारी रहेको महानगर श्रोतले जनाएको छ।


Loading comments...