प्रतिस्पर्धात्मक प्रक्रियाबिना नै चीनबाट हतियार खरिद गर्ने तयारीप्रति अभियानकाे ध्यानाकर्षण


काठमाडाैं । नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेकाे प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएकाे जनाएकाे हाे ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बफादारिता र इमान्दारिताको मूल्य मान्यता राख्ने संस्था मानिने नेपाली सेनाले यस्तो अनैतिक व्यवहार देखाउनु दुःखद भएकाे बताए।

उहाँले भन्नुभयाे, ‘हामी नेपाल सरकारलाई यी आरोपहरूको छानबिन गर्न र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आग्रह गर्दछौं । नेपाली सेनाले आफ्नो व्यक्तिगत स्वार्थलाईभन्दा नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकता दिनुपर्छ । यस्ता कार्यले नेपाली सेनाको प्रतिष्ठामा मात्रै ठेस पुर्र्याउँदैन, राष्ट्रिय सुरक्षा निकायहरूप्रति नागरिकको विश्वासमा पनि खलल पुग्छ।’

एक राष्ट्रको रूपमा, हामी हाम्रो सुरक्षामा सम्झौता गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले इमान्दारिता र पारदर्शिताको उच्चतम मापदण्डलाई कायम राख्दै हाम्रो लोकतन्त्रको मूल्य र सिद्धान्त अनुरूप काम गर्न अभियानले जाेड दिएकाे छ ।

यस्ता आरोपको छानबिन गरी भविष्यमा यस्ता घटना नदोहोरियोस् भनी चाँडो कारबाही गर्न नेपाल सरकारलाई अभियानले आग्रहसमेत गरेकाे छ ।

जारी विज्ञप्तीको वास्तवीक प्रतिः


Loading comments...