भारतको पाच करोड सत्तरी लाखको सहयोगमा सोलुखुम्बुमा खानेपानी आयोजना शिल्यान्यास


काठमाण्डौ । मित्रराष्ट्र भारतको सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा फोहोर खानेपानी व्यवस्थापन सम्बन्धी परियोजनाको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पासँगै भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको ‘खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन आयोजना’को आज शिलान्यास गर्नुभएको हो ।

यो आयोजना सोलुखुम्बु जिल्लाका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन भारतीय अनुदान सहायता अन्तर्गत प्रदान गरिएको आयोजना भएको भारतीय दूतावासले जनाएको छ।

१८ महिना अवधि तोकिएको यस परियोजनाको लागत मूल्य रु पाँच करोड ७० लाख २५ हजार ४६ रुपैयाँ रहेको उक्त कार्यक्रममा जानकारी दिइयो ।

केही वर्ष अगाडी सोलुखुम्बुको थामेखोला साना जलविद्युत आयोजनालाईलाई स्तरोन्नति गरेर खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका एक हजार २०० भन्दा बढी घरधुरीलाई बिजुली उपलब्ध गराइएको थियो ।


Loading comments...