
भारतको सहयोगमा सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास
२२ बैशाख २०८०, शुक्रबार २०:१२
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र सहितको गुम्बा शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा राजदूत श्रीवास्तवले भारत सरकारले सगरमाथा क्षेत्रको खानेपानीदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सहयोग रहदै आएको र आगमी दिनमा पनि नागरिकको मागका आधारमा सहयोग गर्दै जाने बताउनुभयो ।
‘गौतम बुद्ध नेपालमा जन्मिएर बुद्धत्व भारतमा प्राप्त गरेकोले दुई देशको सम्बन्ध विशिष्ट र ऐतिहासिक अनि पुरानो छ,’ राजदूत श्रीवास्तवले भने, ‘आगामी दिनमा सम्बन्ध थप मजबुत बनाउन हामी लागि पर्नेछौं ।’
हिमाली भेगका नागरिकको जीवनस्तर उकास्नका लागि शिक्षा, स्वास्थ्य र खानेपानीमा भारत सरकारले अरबौं लगानी गरेको भन्दै उनले शिलान्यन्स गरिएको ध्यान केन्द्र तथा गुम्बाको लागि ३ करोड ९५ लाख रकम सहयोगको घोषणा गर्नुभएको हो ।
४ करोड ५० लाखको लागतमा बन्ने उक्त गुम्बाको कुल लागतको ८० प्रतिशित भारत सरकार र २० प्रतिशत गाउँपालिकाले बेहोर्ने छ । सो अवसरमा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले भारतीय दूतावासले यसअघि पनि एम्बुलेन्स सहयोग गरेको भन्दै यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले