सफा हिमाल अभियान २०२३ अन्तर्गत हालसम्म कुल लक्ष्यकोकरीब ८५ प्रतिशत फोहर सङ्कलन


सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, अन्नपूर्ण र बरुन्चे हिमालको सरसफाईमा खटिईदै आएको नेपाली सेनाका विभिन्न टोलीले हालसम्म कुल लक्ष्यको करीब ८५ प्रतिशत फोहर सङ्कलन गरेको छ । टोलीले हालसम्म सगरमाथाको आधारशिविर लगायत थप दुई क्याम्पबाट ७,६३२ किलो, अन्नपूर्णबाट ३,२५० किलो र बरुन्चे क्षेत्रबाट १८,५२० किलो गरि कुल २९,४०२ किलो फोहर सङ्कलन गरेको छ । टोलीले हालसम्म बरुन्चेमा लक्ष्यभन्दा ८,५२० किलो बढी फोहर संकलन गरेको छ । यसपटक उल्लेखित तीनवटै हिमालबाट ३५ टन अर्थात ३५ हजार किलो फोहर संकलन गर्ने लक्ष्य निर्धारित छ । लक्ष्य अनुरुप अब ५,५९८ किलो फोहर संकलन हुन बाँकी छ ।

 


Loading comments...