
राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाईरहेका छन्: विनय यादव
३० बैशाख २०८०, शनिबार २३:५०
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाईरहेको आरोप लगाएका छन्।
ग्रेटर नेपालका नाममा भईरहेको राष्ट्रियताको राजनीतिलाई ‘चीनियाँ जादु’ को संज्ञा दिएका उनले टिस्टादेखी कांगडासम्मको कुरा उठाएर चीनियाँको दलाली गरिरहेको उनको आरोप छ।
‘टिस्टादेखि कांगडासम्म नेपाल हो भने पहिला त्यहाँका नागरिकता देउ’ भन्दै चीनियाँ अभियानको विरोध गरेका उनले नेपाली अनुहारका कतिपय चिनियाँलाई नागरिक नभई जमिन मात्रै चाहिएको आरोप लगाए।
उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको खुलासा गरे । चीनले अहिले पनि नेपालको सीमा मिचिरहेको तर, त्यसका विषयमा भने कोही नवोलेको वताए । बाराको कलैयामा शनिवार आयोजित ‘ नेपाल प्रति चीनको अभ्यास र असर’ विषयक अन्तरक्रियामा बोल्दै यस्ता गलत राजनीतिलाई चिन्न र सचेत हुन सवैलाई आग्रह गरे।
त्यस्तै संविधान सभा सदस्य बिपि यादवले शरणार्थीको नाममा भएको भ्रष्टाचारमा चीन र पाकिस्तानको समेत संलग्नता रहेको र नेपाली नेताहरुलाई पैसा को प्रलोभनमा पारी चिनियाँ र पाकिस्तानीहरु आतंककारीहरुलाई अमेरिका पाठएको संदेह भएको भन्नु भयो।चीनले ऋण जालमा फसाई नेपाललाई आफ्नो अधीन पार्न खोजेको आरोप लगाउनुभएको थियो ।
अभियानी गोपाल दास बैरागीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू स्वयमसेवक संघका जिल्ला संघका रामबाबू साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, प्रध्यापक किशोरी राम, अधिवक्ता अजय स्वर्णकार लगायतले पनि बोलेका थिए।अभियान निकट राष्ट्रीय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाले संचालन् गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको