नेपाली सेनाको टोली सगरमाथा शिखरमा


जेठ १, २०८० सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा क्षेत्रको सरसफाईमा खटिएको नेपाली सेनाको टोलीले बिहान १० बजेर ५ मिनेटको समयमा सगरमाथा शिखर आरोहण गरेको छ । आरोहण टोलीमा प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी बिष्णूबल राई, सहसेनानी दीपेन्द्रसिंह खत्री, अमलदार शंकर कुँवर र प्यूठ किशोर जबेगु हुनुहुन्छ । हिमाल सरसफाईका लागि नेपाली सेनाका टोलीहरु गत चैत्र १५ देखि सगरमाथा, अन्नपूर्ण र बरुन्चे हिमाल क्षेत्रतर्फ गएकोमा अन्नपूर्ण र बरुन्चे हिमालमा गएको टोलीले कार्यसम्पन्न गरिसकेको भने सगरमाथा क्षेत्रको टोली अझै पनि कार्यरत छ । नेपालका हिमालहरुमा पर्वतारोहण आरम्भ भएको १०२ वर्ष पुगिसकेको भए पनि पर्वतारोहीहरुका कारणले प्रदुषित हुने विभिन्न हिमाल संगठीत रुपमा सफा गर्ने कार्य नेपाली सेनाको प्रमुख सँलग्नतामा सन २०१९ देखि मात्र आरम्भ भएको थियो ।


Loading comments...