Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

बरुन्चे हिमाल सरसफाईका लागि खटिएको नेपाली सेनाको टोली आज काठमाडौं फिर्ता

६ जेष्ठ २०८०, शनिबार १७:३२


जेठ ६ गते

सफा हिमाल अभियान २०२३ अन्तर्गत बरुन्चे हिमाल सरसफाईका लागि खटिएको नेपाली सेनाको टोली आज काठमाडौं फिर्ता भएको छ ।

टोली बरुन्चेबाट फाप्लु हुँदै आज काठमाडौं आइपुगेको हो । टोलीलाई काठमाडौं विमानस्थलमा सहायक रथी सुन्दर पाण्डेले बधाई दिनुका साथै स्वागत समेत गरेका थिए ।

टोलीले १८५२० केजी फोहोर (३०५० केजी बायोडिग्रेडेबल र १५ हजार ४७० केजी ननबायोडिग्रेडेबल फोहोर) सङ्कलन गरेको छ जुन तोकिएको लक्ष्यभन्दा ८५२० केजी बढी छ । जसमध्ये बायोडिग्रेडेबल फोहोर स्थानीय सरकारलाई आजै हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको मुख्यालय परिसरमा ब्रिगेडियर जनरल श्री सुन्दर पाण्डेको उपस्थितिमा गैर-जैविक अपघटनशील फोहोर काठमाडौं ल्याएर क्रिएसन नामक फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरियो ।

मेजर समीर बस्नेतको नेतृत्वमा बरुन्चे हिमालमा २७ सदस्य (९ नेपाली सेना सदस्य र १८ शेर्पा पर्वतारोही र भान्सा कर्मचारी) टोली गत चैतदेखि तैनाथ थियो ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको