Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि सांघातिक आक्रमण

८ जेष्ठ २०८०, सोमबार २०:१४


राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि गत आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ।

बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई राती करिव ८ वजे गुडिरहेको सार्वजनिक गाडीमा चारजनाको अज्ञात समुहले विसालु ग्याँस सुँघाएर वेहोस वनाई नियन्त्रणमा लिएको थियो। उनलाई निर्मम कुटपिट गरी मरणासन्न अवस्थामा नजिकैको खोलामा फ्याँकिएको पाईएको छ।

होसमा आउँदा आफु खोला किनारमा भएको पुर्वेले वताएका छन्। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जनाईएको छ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमवार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको वताएका छन्। उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गरेका छन्।

‘यस जघन्य कार्यमा संलग्न अपराधीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानुनी दायरामा ल्याउन जरुरी छ । हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानबिनको माग गर्दछौं’ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी स्थानीय समुदाय, कानून ब्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपिल गर्दछौं।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको