चिनियाँ ऋणमा बनेकाे पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टकाे विषयमा सूचना माग


काठमाडाैं । चिनियाँ ऋणमा बनेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे विषयमा सूचना माग गरिएकाे छ । सूचनाको हक सम्बन्धी ऐनकाे प्रयाेग गर्दै विनय यादवले सूचना माग गरेका हुन्र ।

उनले सूचनाकाे लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि भएको समझौताको प्रतिलिपी उपलब्ध गराई दिन निवदेन दिएका हुन् ।

त्यसैगरी उनले सम्झौता हुँदाको बखत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुमानित लागतकाे विषयमा पनि सूचना माग गरेका छन् ।

त्यस्तै उनले समझौता पश्चात कुन-कुन मितिमा कति कति, कुन-कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत वृद्धि भएको जानकारी समेत माग गरेका छन् ।

त्यसैगरी परियोजनामा कुन-कुन स्रोतबाट लगानी भएको हो र परियोजनको अन्तिम कुल लागतकाे विषयमा पनि सूचना उपलब्ध गराउन मन्त्रालयलाई अनुराेध गरेका छन् ।


Loading comments...