
चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे: यादव
१० जेष्ठ २०८०, बुधबार १९:०२
काठमाडाैं । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेकाे बताएका छन् ।
जनकपुरमा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन रणनीति बनाइरहेकाे बताएका हुन् ।
उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,’उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नकाबन्दलाई निरन्तरता दिइरहेकाे छ।’
उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,’चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’
त्यसैगरी गाेष्ठीमा साहित्यविद् सुदर्शन लाल कर्णले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाए । उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’
उनले चीनले बीआरआई मार्फत् नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे पनि जिकिर गरे ।
उनले भने,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’ हाम्रो देश आर्थिक संकटमा फसेको बेला कैलाश मानसरोवर यात्रा गराउने कम्पनी सँग चीनले ८०लाख रूपया धरौटी को नाम मागनू संकटको बेला घाटी रेतेको साबित भएको छ। कैलाश भ्रमण गर्न आउने पर्यटकहरुलाई अनावश्यक यताना दि चीनले नेपालको पर्यटन व्यवसाय ध्वस्त पारी नेपालको आर्थिक समस्यामा पारी त्यसको फ़ायदा उठाउन खोजेको आरोप लगाउनु भएको छ।
संविधानसभा सदस्य विपी यादवले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने जिकिर गरे ।
उनले भने,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’
हिन्दी अभियन्ता रमन पाण्डेयले सनातन संस्कृति नेपालको आत्मा भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,’समाजमा चलिरहेको जातीय द्वन्दलाई समाधान गर्न राष्ट्रीय एकता को सूत्र हिन्दु संस्कृति नै हो त्यसकारण देशलाई संघिय हिन्दु गणतन्त्र कायम गरी अघि बढ्नुपर्ने अहिलेकाे आवश्यकता रहेको छ।’
कार्यक्रममा धर्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, डा. बीरेन्द्र कुमार, प्राध्यापक बालकेश्वर ठाकुर, धर्मिक अभियन्ता भोगेन्द्र लाल कर्ण, वन्दना पाण्डेय लगायतले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खाेजिरहेकाे भन्दै सतर्क हुन जाेड दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको