
भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करणको आयोजन काठमाडौंमा हुने
१२ जेष्ठ २०८०, शुक्रबार १२:२५
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ।
आज आयोजक संस्था फर्न इभेन्ट्सले र्याडिसन होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो । आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको जानकारी गराउँदै भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन् । समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, डिजिटल, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेभएको छ । बिहिबार होटल र्याडिसनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका को-फाउण्डर हरिश बब्बरले “अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सुमधूर सम्बन्धलाई अझ बलियो बनाउने” विश्वास व्यक्त गरे ।
“वैश्विक स्वास्थ्य संकट कोभिड-१९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यस अवार्ड समारोहले थप उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ” उनले भने । नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने अवार्ड समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै ९० को दशकको सुपरहिट चलचित्र “मैने प्यार किया” स्टार अभिनेत्री भाग्यश्री, खल अभिनेता रञ्जित, कमेडियन भिआइपी, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित झण्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहने कुरा जानकारी गराईएको छ ।
अत्यन्तै छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीहरुलाई नगरकोटको साइट सिन गराउने योजना रहेको कुरा ट्राभल पार्टनर सांग्रिला भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले “यस अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रबर्धननमा ठूलो योगदान पुर्याउने” विश्वास व्यक्त गरे । ‘पोखरा र सौराहा पनि लाने ईच्छा थियो तर वहाँहरुको समयाभावका कारण नगरकोटको भ्रमण पछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं’ प्रवन्ध निर्देशक खनालले भने । अवार्ड समारोहमा नेपालको तर्फबाट “सृजना शुत्र”का संस्थापक शुवास प्रधानले नेपाल सम्बद्ध विविध व्यवस्थापकीय जिम्मेवारी सम्हालेको छन् भने सजल जंग के.सी. ले इभेन्ट म्यानेज्मेन्ट सम्हाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको