भारतीय समकक्षीसंग प्रधानमन्त्री प्रचण्डको भेट । हाम्रो सम्बन्ध सुपरहिटः मोदी


प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा दुवै देशबीच द्विपक्षीय वार्ता पनि भएको छ । भेटवार्ता लगत्तै सम्पन्न संयुक्त प्रेस साक्षात्कारको प्रारम्भ मैं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “नेपाल-भारत सम्बन्ध सुपरहिट बनाउने सम्झौता भएको” उल्लेख गर्नुभयो ।

“मैले भनेको थिए कि नेपाल-भारत बीच यस्तो सम्पर्क स्थापित गर्नेछौं कि हाम्रो सीमाना हामी बीच अवरोध नबनोस्” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले बताउनुभयो ।

“मलाई सम्झना छ, ९ वर्ष अघि सन् २०१४ मा, मैले कार्यभार सम्हालेको ३ महिनाभित्रै नेपालका लागि पहिलो यात्रा गरेक थिएँ । त्यतिबेला मैले नेपाल-भारत सम्बन्धका लागि एउटा हिट फर्मूला दिएको थिए- हाइवेस, आइ-Ways, तथा ट्रान्स-Ways”

कार्गो ट्रेन नेपालतर्फ
दुवै देशका प्रधानमन्त्रीहरुले बथनाहाबाट नेपाल भन्सार यार्डसम्म भारतीय रेलको कार्गो ट्रेनलाई हरियो झण्डा देखाएर विदाई गरिएको थियो ।

यहीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा दुवै देशबीच कैंयन क्षेत्रमा सम्झौता-पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहल तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भारतीय रेल्वेको कुर्था-बीजलपुरा खण्ड अन्तर्गत ई-योजनाको उद्घाटन गर्नुभयो । दुवै नेताहरुले भारतको बथनाहाबाट नेपाल भन्सार यार्डसम्म भारतीय रेलको कार्गो ट्रेनलाई हरियो झण्डा देखाएर विदाई गरिएको थियो । दुवै नेताहरुले संयुक्त रूपमा नेपाल तथा भारतका बीच मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन अन्तर्गत दोस्रो चरणको शिलान्यास समेत गर्नुभयो ।

५०० करोडको लागतमा बन्नेछ ल्याण्डपोर्ट
नेपाल-भारतको सोनौली सीमा (भारतको महराजगञ्ज) मा बहुप्रतीक्षित इन्टीग्रेटेड चेकपोष्ट ल्याण्डपोर्टको पनि आज शिलान्यास गरिएको छ । भारतको सोनौली सीमास्थित नो म्यान्स ल्याण्ड नजिक केवटलिया गाउँमा १०० एकड भन्दा ठूलो जग्गामा ५०० करोडको लागतमा यस ल्याण्डपोर्टको निर्माण हुनेछ । जसमा भन्सार, एसएसबी, पुलिस, इमीग्रेशन सहित सम्पूर्ण सुरक्षा एजेन्सिहरु एउटै परिसरभित्र रहनेछन् । इण्डो नेपाल सीमामा ल्याण्डपोर्टको निर्माणले एकातर्फ दुवै देशको व्यापारमा गति भर्नेछ भने अर्कोतर्फ पर्यटकहरुलाई पनि बहुद्देशीय हब स्थापित हुने कारणले कैंयन किसिमका सुविधाहरु पनि प्राप्त हुनेछन् ।

प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपाली टोली तथा भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । उक्त वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा तथा जनता–जनताबीचको सम्पर्कको क्षेत्रमा बलियो कनेक्टिभिटिमार्फत हाम्रो सदियौं पुरानो सम्बन्धलाई बलियो बनाउने लगायतका एजेण्डा रहेका छन् ।


Loading comments...