
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय उपराष्ट्रपति धनखडबीच भेटवार्ता
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको उपराष्ट्रपति कार्यालयमा सम्पन्न उक्त भेटमा द्विपक्षीय हितका विविध विषयहरुमा छलफल भएको थियो ।
उक्त भेटमा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता रहेको थियो । आज विहान प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो । भेटवार्ता लगत्तै जारी संयुक्त प्रेस वक्तव्यका क्रममा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा दिवा भोजको आयोजना गर्नुभएको थियो ।
Hon’ble Vice President, Shri Jagdeep Dhankhar was pleased to receive the visiting Prime Minister of Nepal Rt. Hon @cmprachanda today. Age old cultural ties between India and Nepal continue to be the bedrock of our relationship as we make good progress in other areas of our… pic.twitter.com/9RgpCi2KgI
— Vice President of India (@VPIndia) June 1, 2023