
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा आज सम्पन्न भेटमा वहाँहरू बीच द्विपक्षीय हितका विविध पक्षहरुमा संवाद भएको थियो । उक्त भेटवार्ताका क्रममा विशेषगरी नेपाल-भारत सम्बन्धका विभिन्न आयामहरुबारे सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो भने आजै हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसंग पनि प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुग्नुभएको थियो ।
President Droupadi Murmu met Prime Minister @cmprachanda of Nepal at Rashtrapati Bhavan. The President noted that India-Nepal bilateral cooperation has gone from strength to strength in recent years. She expressed confidence that this visit would further strengthen the strong… pic.twitter.com/FFelm7Muiy
— President of India (@rashtrapatibhvn) June 1, 2023