क्रिसमस ट्रि सँग जोडिएका केही रोचक कुराहरु


आज २५ डिसेम्बर विश्वभर निकै हर्ष उल्लासका साथ क्रिस्मस मनाइदै छ । जिसस क्राइस्टको जन्मदिनको अवसरमा क्रिस्मस मनाईन्छ । जिससले सिकाएको माया, मानवता तथा भाइचाराको शिक्षा निकै महत्वपुर्ण छन् ।चर्जलाई विशेष रुपामा सजाइन्छ क्रिस्मसको समयमा चर्जमा गएर प्रार्थना गर्ने गरिन्छ । परिवारसँग भेटघाट, मिठो मिठो केक तथा उपहारहरु आदन प्रदान गर्ने प्रचलन रहिआएको छ । क्रिस्मसको अर्को महत्पुर्ण पक्ष हो क्रिस्मस ट्रि, विशेषता क्रिस्मस ट्रिलाई रङ्गी चङ्गी बत्तीद्धारा सजाइन्छ ।

के तपाईलाई थाहा छ क्रिसमस ट्रिसँग जोडिएका केही रोचक कुराहरु

१) क्रिस्मस ट्रि लाई क्रिस्मसमा सजाउने परम्परा जर्मनबाट शूरु भएको एक मान्यता रहेको छ । यो १९ औ शताब्दी तिर इंग्लैन्डमा समेत प्रचलनमा आयो र आज विश्वभर क्रिस्मस ट्रिलाई निकै महत्वपुर्ण रुपमा लिइन्छ ।

२) प्रभु यीशूको जन्मसँग पनि क्रिस्मस ट्रिलाई लिने गरिन्छ । जब यशुको जन्म भयो त्यस समयमा माता , पिता मयिम र जोसेफलाई बधाई दिने क्रममा स्वर्गका दुतले हरियो रुखमा ताराहरुको चमक सहित बधाई व्यक्त गरेको मान्यत छ , त्यसैले त्यसलाई क्रिस्मस ट्रि को रुपमा लिइन्छ

३) २५ डिसेम्बर भन्दा पलिा क्रिस्मस ट्रि को तयारीलाई बिशेष रुपमा लिइन्छ । क्रिस्मसको ट्रिको सजाबटको लागि घरका सम्पुर्ण व्यक्तिहरु सहभागी रहन्छन् ।

४) क्रिस्मस ट्रि मा मैनबत्ति, चकलेट, रङगीचङगी कागजहरु, बती तथा उपहारहरु राखेर सजाउने गरिन्छ ।

५) प्राचीन समयमा क्रिस्मस ट्रिलाई जीबनको निरन्तरताको प्रतिकको रुपमा लिइन्थ्यो । यसलाई घरमा राख्नाले घरमा शन्तानको आयु बढ्ने मान्यता पनि रहेको छ ।

६) सकारात्मक उर्जाको प्रवाह हुने र खराब शत्ति टाढा जाने मान्यताले पनि क्रिस्मस ट्रि लाई राख्ने गरिन्छ ।


Loading comments...