
तामाको भाँडोमा राखेको पानी पिउँदाका यस्तो छ फाइदा
१० पुष २०७५, मंगलवार ११:४५
प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्। हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो।
धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ।वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ। यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ।
त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ।
– पाचन क्रिया बलियो बनाउँछ।
– मुटुलाई स्वस्थ राख्छ।
– ब्लड प्रेसर नियन्त्रित गर्छ।
– हृदयाघात हुने संभावना कम हुन्छ।
– छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।
– मोटोपन घट्दै जान्छ।
– एनिमियाको समस्याबाट बच्न सकिन्छ।
– क्यान्सर लाग्नबाट बचाउँछ।
– शरीरको दुख्ने वा जोर्नी दुखाइबाट बच्न सक्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान