ईलाहवाद कि प्रयागराज


हरेक संस्कार अनि सभ्यतामा नाम अत्यन्त महत्वपूर्ण कुरो हो । पहिचानसंगै नाम जोडिएर आँउछ । हामीले देखेका अनि नदेखेका धेरै कुराहरु अनि पहिचान तिनको नाममा भर पर्दछ । नाम बिनाको संसार परिकल्पना पनि गर्न सकिदैन, हैन र ?
भारतमा एउटा शहर जसलाई हामीले अलाहवाद वा ईलाहवादका नामले चिन्दथ्यौं उक्त शहरको नामाकरण फेरि गरेर प्रयागराज बनाइएको छ । यस पूर्ननामारकणका बिषयमा बिभिन्न मान्छेहरुको आआफ्नै तर्क अनि मत या मतान्तर रहेको छ । हिन्दु मसलमान बिवाद अनि आसन्न भारतीय चुनावको समयमा यो मतान्तर अनि तथ्यलाई बिशेष मानिएको छ ।
अलाहवाद अर्थात अल्लाह संगको वाद अर्थात ठाँउ या अनुयायीहरु । अलाहवाद बाट अब प्रयागराज हिन्दुत्व पहिचानको नाममा शहरलाई ल्याइएको छ । अलाह या ईलाहवाद जेसुकै भनेंपनि त्यस ठाँउमा रहेको सस्कृत विश्वबिधालयमा अझै पनि सनातन सस्कारका धेरै नियम अनि निर्धारण गर्ने काम गरिन्छ । अलाहवाद पनि बनारस संगै उत्तिकै चर्चामा रहेको सभ्यताको शहरका रुपमा भारतवर्षमा चिनिएको हो र अहिले अलाहवादको यो नयाँ नामका विषयमा निकै कुराहरु उठिरहेका पनि छन् ।

कतिपयले ईलाहवादलाई प्रयागराज भनिएको नभई प्रयागराजलाई ईलाहवाद भनिएको बताएका छन । ३ वटा पवित्र नदिहरु गंगा, जमुना र सरस्वतीको पवित्र संगम भएको ईलाहवादमा ब्रह्मा स्वयम विश्वको श्रृजना गरेपछि वास बस्न गएको कथन छ । यस शहरलाई संगम शहर पनि भनिन्छ । सन् १८५३ मुगल सम्राट अकबरले प्रयागराजको नाम ईलाहवाद राखेको ईतिहास देखिन्छ । सन् १६०४ सम्म अकबारका छोरा सलिमले ईलाहवादमा शाषन गरेको पाइन्छ । अकबर र सलिमको विषयमा भारतमा चलचित्र बनाउने शुरुवात ताका नै दिलीप कुमार र मधुवालाको अभिनयमा के आशिष्क नामक निर्माता अनि पृथ्वी राज कपुरको संयोजन र अकबरको भूमिका निर्वाहमा चलचित्र मुग्ले आजम बनाइएको थियो । नदिहरुको उत्कृष्ट योजन रहेको प्रयागराजको उल्लेख महाभारतमा पनि गरिएको तथ्यहरु पाइएको देखिन्छ । उता यस शहरको नाम ईलाहवाद हुनुको तथ्यलाई शाब्दिक  रुपमा बिग्रह गरेर हेर्ने हो भनें अकबरले आफ्नो पालामा अरबिक ईलाहहरुको आवास क्षेत्रका बारेमा भनेर ईलाहहरु बस्ने ठाँउ अर्थात ईलाहवाद नामाकरण गरेको देखिन्छ ।
                                         प्रयागः सर्वतीर्थेभ्यः प्रभवत्यधिकं विभो ॥
श्रवणात् तस्य तीर्थस्य नामसंकीर्तनादपि ।

                                          मृत्तिकालम्भनाद्वापि नरः पापात् प्रमुच्यते ॥
                                                      Mahabharat 3.83.75
महाभारतमा प्रयागराजलाई उत्कृष्ट र अद्धितिय तिर्थस्थलका रुपमा ब्याख्या गरिएको छ ।भारतको बिहारको राजधानी पटना पनि शुरुमा अजिमवाद नाममा भएको र पछि पाटलीपुत्रको नामबाट पटना रहन गएको तथ्य छ । बेलायती साम्राज्य रहेका बेला कानपुर शहर कावनपुर भएको र पछि कानपुर रहन गएको तथ्य पनि छ । उता हिन्दुहरुमै पनि प्रयागराज केवल ब्राह्मणहरुको मैत्री नाम भएको बताँउदै शहरको नाम कौशम्भी राख्न पर्ने बताए । ईतिहासमा कौशम्भी नामक शहरलाई गंगा नदिले बगाएर लिएर गएको तथ्य रहेको पनि बिभिन्न ईतिहासकारले लेखेका छन् । शहरको ईतिहास बदलिने नामले कत्तिको परिवर्तन या पूर्नलेखन गर्नेछ भन्ने कुरा त आउने दिनले बताउनेछ । उता मुसलमान समुदायमा भनें यस नामाकरणको चर्को बिरोधका भावनाहरु आएको देखिन्छ ।

अहिलेसम्म पनि प्रयागराज र अलाहवादको बिवाद भनें चलिरहेकै देखिन्छ । हेरौं आसन्न निर्वाचनमा यो शहरको नाम परिवर्तनले के असर गर्ने हो ?


Loading comments...