जानीराखौ यौन सम्पर्कबाट हुने फाइदाहरु


यो हामी सबैलाई थाहा छ कि यौन सम्पर्क केबल आनन्द र सम्बन्धलाई बलियो मात्र बनाउने नभई, यो हाम्रो स्वास्थ्यको लागि समेत निकै फाइदाजनक हुन्छ । हरेको व्यक्तिको स्वास्थ्यकोलागी यौन सम्पर्क एक महत्वपुर्ण पक्ष मानिन्छ । तरपनि हाम्रो समाजमा यौन सम्बन्धि कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स राम्रो स्वास्थ्यको साँचो हो । सेक्सवाट ब्लड प्रेशर कम हुन्छ र कोलस्ट्रोलमा पनि सुधार आउँछ । यौन सम्बन्धबाट कसरी स्वास्थ्यको लागि फाइदा पुग्छ रु यो जान्नको लागि तपाईलाई आश्चर्य पनि लाग्न सक्छ । यौन सम्पर्क सम्पुर्ण जीवन र सम्बन्धलाई मजबुद बनाउने धेरै फाइदाजनक हुन्छ ।

यौन सम्पर्कबाट हुने फाइदाहरु

  • यौन सम्पर्कले कम रक्त चापको अवस्थामा मस्तिष्कको तनाव कम गर्दछ । नियमित यौन सम्पर्कले तपाईको शरीरलाई तनावको सामना गर्नको लागि तयार राख्दछ र तपाईको रक्तचाप लाई पनि नियमित गर्दछ ।
  • यौन सम्पर्कले तपाईलाई व्यायाम जस्तै लाभदायक छ, किनकि यौन सम्पर्कको समयमा शरीरका सबै मांशपेशि हुने तन्कने र खुम्चिने हुन्छ । यौन सम्बन्धले तपाई शरीरमा रहेको अतिरिक्त क्यालोरी नष्ट गर्न समेत मद्त गर्दछ ।
  • यौन सम्पर्कले रक्तसंचारमा समेत सुधारता ल्याउछ र कोलेस्टोलको मात्रालाई ठिक राख्दछ ।यौन सम्पर्कको समयमा मुटुको गति तेज हुन्छ र ज्यादा मात्रामा रगतलाई पम्प गर्छ, जसकारणले रक्त संचार छिटो हुन्छ । हप्तामा एक पटक यौन सम्पर्क गर्नाले तपाईलाई ह्दयघातको खतारा कम हुन्छ ।
  • यौन सम्पर्कले तपाईलाई तंदुरुस्त राख्दछ र तपाईको आत्मविश्वासको स्तर पनि बढ्ने गर्दछ । विभिन्न अध्ययन हरुले यो प्रमाणित भएको छन कि विवाहित एक अर्कामा विश्वासिलो जोडिले सन्तृष्ट जिवन बिताएका छन् । आपसी विश्वास र घनिष्ठताले तपाईको भावनात्मक सुरक्षाको महसुस गराउदछ । मायाले भरिएका क्षणहरुले गर्दा आफनो साथीको लागि माया बढ्छ जसले गर्दा आत्म सम्मानमा समेत वृद्धि हुन्छ ।
  • तपाईलार्य माया गर्ने जोडिको निकटता र प्राप्त हुने चरमसुख बढ्ने कारणले लभ हार्मोन आँक्सिीटोसिन को स्तर बढछ जसले आपसी सम्बन्ध र नाता बलियो हुन्छ । राम्रो यौन सम्बन्धले सम्बन्धलाई धेरै समयसम्म मजबुद बनाउछ ।
  • यौन सम्पर्कले तपाईको प्रतिरक्षा प्रणालीलाई समेत मजबुद बनाई संक्रमण तथा रोगबाट बचाई राख्न समेत मद्दत गर्दछ । हप्तामा एक वा दुई पटक यौन सम्र्पक गर्ने व्यत्तिलाई सामान्य रुघा,खोकी तथा अन्य संक्रमणबाट सुरक्षित हुन्छन् ।
  • यौन सम्पर्कले आँकसीटोसिन हर्मेनको स्तरलाई वृद्धि गर्दछ, जसको कारणले ह्याप्पी हार्मोनको बिकास हुन्छ । ह्याप्पी हार्मोन वा एडाँर्फिन्सकले दुखाई कम गर्दछ, जसले टाउको दुखाई, जोर्निको दुखाई समेत कम गर्दछ । यौन सम्पर्कले राम्रो निन्द्रा समेत दिलाउदछ ।

Loading comments...