
यस्तो छ जागिर खोज्न सरकारी वेबसाइट
१३ पुष २०७५, शुक्रबार ०७:१०
अब जागिरको खोजीमा हुने युवाहरुले जागिरको लागी कार्यालयहरुमा धाउनु पर्ने समस्या समाधान हुदै छ । केहि समय यता मात्र श्रम विभागले जागिरको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई समन्वय गराउन ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
नेपालमा निजि स्थरमा भने जव पोर्टल पहिले देखि नै सुरु भएको थियो भने सरकारी स्थरबाट भएको यो पहीलो प्रयास हो ।
विभागले भदौ ९ बाट डब्लूडब्लूडब्लू डट जबखोज डट जीओभी डट एनपी (www.jobkhoj.gov.np) मा सञ्चालनमा ल्याएको हो ।
उदेश्यहरु
रोजगार सूचना केन्द्र स्थापनाका प्रमुख उदेश्य:
- बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्नु
- रोजगारीको क्षेत्र तथा अवसरहरु खोजि गर्नु
- बजार सम्बन्धि सुचनाहरु विधुतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सुचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउनु
- माग र आपुर्तिबिचको अन्तरलाई कम गर्नु
कार्यहरु
रोजगार सूचना केन्द्रका कार्यहरु देहाय अमोजिम रहेको छन्:
-
- बेरोजगार दार्त फारम वितरण तथा बेरोजगारहरुको लगत संकलन गर्ने
- विधुतीय मध्यमबाट तथ्यांक प्रविष्टि गर्ने
- तथ्यांक प्रशोधन तथा विश्लेषण गर्ने
- तथ्यांक अध्यावदिक गर्ने
- रोजगारदातहरुसंग छलफल र अन्तरक्रिया गर्ने
- रोजगारीका अवसरहरुको पहिचान गर्ने
- श्रम बजार सुचना व्यवस्थापन गर्ने
- श्रम बजारमा रहेको अबसरको प्रचार प्रसार गर्ने
- बेरोजगारी तथा रोजगारीका अवसर सम्बन्धि विभिन्न सुचनामुलक प्रतिवेदन तयार पर्ने
- नीतिगत पृष्ठपोषण गर्ने गराउने
- रोजगार मेला आयोजना गर्ने तथा रोजगारी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
चन्द्र ग्रहण (Chandra Grahan 2021) बारेमा खगोल वैज्ञानिकहरुका अनुसार आज (१९ सेप्टेम्बर, २०२१) लाग्ने यस चन्द्र ग्रहण ५८० वर्षपछि सबैभन्दा
साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै