
इच्छाशक्ति, परिश्रम अनि जित
विहानै ६ बजे देखि चिया पिउनेको चहलपहल शूरु हुन्छ । बालकुमारी खाजा घरको दैनिकी मर्निङ्ग बाक गर्नेहरुबाट शुरु भएर इभिनिङ्ग वाल्क गर्ने हरुको भोक प्यास अनि चियागफ मेटेर सकिन्छ । ७ बर्ष देखि यस खाज घर सञ्चालन गर्दै आउनु भएको पवित्रा ढुङ्गानाको दिनचर्या विहान ४ बजे देखि साझँ ७ः३० बजे सम्म निकै व्यस्ततामा वित्छ । त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यस बालकुमारी खाजा घर सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरु माझँ स्वच्छ, सफा अनि स्वालिो खाजा घरको रुपमा निकै परिचित छ ।
सधै हासिरहने उहाँलाई सबैले दिदि भनेर सम्बोधन गर्दछन, तर कहिलेकाहि अलि उमेरका व्यक्तिले पनि दिदि भन्दा अनौठो लाग्छ ।समोस, तरकारी, जेरी, पकौडा, सेल, खाजा सेट, चना, निम्कन, चाउमिनको स्वाद लिन पाईन्छ । करिब १० बर्षको उमेर देखि खाना बनाउन थालेको , त्यसैले खाना बनाउन र खुवाउन निकै रमाइलो लाग्छ । लोन लिएर शुरुवात गरेको व्यवसायमा शूरुवाती दिनहरुमा विभिन्न समस्या आए पनि निरन्तरको मेहनतले आजको दिनमा आइपुग्दा निकै राम्रो भएको उहाँको अनुभव छ । परिवारका ४ सदस्य बाट सञ्चालित यस खाजा घरमा हाल एक जना स्टाफ समेत रहेका छन । दैनिक ३,४ सय जना ग्राहक यस खाजा घरमा आउने गर्दछन । पहिला श्रीमान न्युरोडको पसलमा काम गर्नु हुन्थयो पछि आफै केही गरौ भनेर खाजा घर सञ्चालन गरेको र यसबाट आफु सन्तृष्ट रहेको जानकारी गराउनु भयो । भुइचालो ले पसलमा पु¥याएको क्षेतिको दुखद अनुभव पनि उहाँसगँ छ , त्यस वेला निकै दुख कष्ट भयो, समानहरु बिग्रए, फुटे अनि १५ दिनसम्म पसल बन्द गर्नु परेको बाध्यता तथा नाकाबन्दीको बेलामा परेको समस्या , दाउरा बालेर भएपनि हाम्रो सेवा निरन्तरता दियौ तर दाउरा पाउन निकै दुख भयो उहाँ सुनाउनु हुन्छ ।
देशमै अवसरहरु प्रशस्त रहेको त्यस अवसरलाई चिन्न सकेको खण्डमा बैदेशिक रोजगारमा जाने परम्परा हट्न सक्ने र उता गर्ने मेहनेत आफनै देशमा गरे यहाँ झन धेरै उपल्बधि हासिल गर्न सक्ने कुरामा उहाँ जोड दिनु हुन्छ ।