
कालीप्रसाद बास्कोटा अमेरीकामा, तर शो हुने नहुने अन्यौल
११ पुष २०७५, बुधबार १२:११
पछिल्लो केहि दिन यता अमेरिकाको अस्टिनमा हुन लागेको गायक द्वय समिर आचार्य र कालीप्रसाद बास्कोटाको कार्यक्रम बिबादको बिषय बनेर बाहिर आईरहेको छ । संगीत क्षेत्रमा उत्तीकै सक्षम वास्कोटा र आचार्यले एउटै कार्यक्रममा भाग लिने कुराले यि दुवै कलाकारका दर्शक उत्साहित देखिएका भएपनि आयोजक टिमकै एक सदस्यको चलाखीपुर्ण धोकाका कारण यि दुई गायकको प्रस्तुती अलग्गिन पुगेको हो ।
नेपाली कलाकार र चलचित्रलाई अमेरिका ल्याउने र कार्यक्रम आयोजना गदै आईरहेको नमो नमस्ते ईन्टरटेण्डले आगामी जनवरी ५ का दिन संगीतकार कालिप्रसाद बास्कोटा र गायक समिर आचार्यलाई अस्टिनमा ल्याउने कार्यक्रमको तयारी गर्यो । टिममा रहेका ५ सदस्य प्रिन्स भट्ट, प्रदिप भडेल, सनोद कुँवर पवित्र सुवेदी र सुवास थापाको सल्लाहमा कार्यक्रमको तयारी सुरु भयो । सुरुमा दर्शकको मागलाई ध्यानमा राखेर कार्यक्रम आयोेजना गर्ने सल्लाह भएपछि दुवै कलाकारको फोटो सहितको पोष्टर त बन्यो तर सो पोष्टर पोष्ट नगरी थापाले कालिप्रसाद बास्कोटा मात्र भएको पोष्टर सार्वजनिक गरे । यो गर्नु दर्शकका लागि धोका जस्तो पनि हो । किनकी दर्शकलाई यो पोष्टरले कालि प्रसादको मात्र कार्यक्रम हो की भन्ने भ्रम पनि पर्न सक्थ्यो ।
बास्कोटाको तस्विरमात्र भएको सो पोष्टर डिसेम्बर ५ का दिन फेसबुक सर्बेका लागि राखियो यो उनको गद्दारीको पहिलो संकेत थियो तर नमो नमस्तेका ४ जना विश्वासको भरमा चले । एउटै टिमभित्र फेरी यो होईन यो भन्दा दर्शकका नजरमा सबै सदस्यप्रति नकारात्मक सन्देश जान सक्थ्यो । तर नेपाली समुदाय मिलेर बसेको यो क्षेत्रमा कार्यक्रम हुँदै छ भन्ने थाहा पाएपछि एक अर्कामा यो बिषयमा कुरा हुन्छ र पनि समिर र काली प्रसादको संयुक्त प्रस्तुती हो भन्ने प्रायलाई थाहा भयो ।
कार्यक्रम आयोजना हुँदै छ भन्ने थापा पाएपछि उल्लेखनिय संख्यामा दर्शकहरुले आफु आउने कुरा अनलाईन मार्फत जानकारी गराएपछि कार्यक्रम गर्ने पक्का भयो । डिसेम्बर ५ मा समिर आचार्यको तस्विर अंकित पोष्टर नराखेका थापाले टिमसंग सल्लाह नगरी पुन डिसेम्बर ८ मा कालि प्रसादको मात्र फोटो भएको पोस्टर नमोनमकै फेसबुक पेजबाट सार्वजनिक गरे । ३ दिनमा नै ३ सय जना कार्यक्रमप्रति ईच्छुक देखिए । समिर आचार्यको फोटो सहिदको पोष्टर सार्वजनिक नभएपनि सबैलाई यो कार्यक्रममा समिर पनि आउने कुरा थाहा भै सकेकाले पनि उनिहरु उत्साहित थिए । दाङका ब्यक्तीहरुको बाक्लो बसोबास रहेको अस्टिनमा तुलनात्मक रुपमा हेर्दा समिरका प्रशंसकको उपस्थिती बढि हुने देखिन्छ ।
प्रस्तुत छ कार्यक्रमका विषयमा अमेरीकाबाट समाचार स्रोतले भनेको कुरा जस्ताको त्यस्तैः
सुरुमा ५ जना बसेर बनाएको योजनामा सुवास थापा म आफु एक्लै कार्यक्रम गर्छु भन्दै टिमका साथीहरुसंग निउँ खोज्न थाले । उनले सबैलाई मैले ल्याउन लाएको हो काली प्रसादलाई भन्दै हिड्न मात्र भ्याएनन् आफ्ना छोरीहरुको नाममा नयाँ कम्पनी डि एण्डी डी मुभिजको नाम सार्वजनिक गरे । र केहि मिडियालाई नमो नमस्ते दर्ता नै भएको छैन भनेर टिमकै साथिहरुबारे अपवाह फैलाउन सम्म भ्याए जवकी सुन्नमा आए अनुसार उनको कम्पनि डि एण्ड डी मुभिज चाहिं दर्ता नभएको कम्पनि हो । नमो नमस्ते अस्टीनमा नै दर्ता भएको कम्पनी हो ।
नेपालमा रहंदा नै कलाकर्मीको नजरमा घमण्डी र जुन सुकै बेला धोका दिनसक्ने नकारात्मक छवि बनाएका सुवास थापा केहि चलचित्रका प्रोडुसर पनि हुन् संगै काम गरेका अनुराग नामका ब्यक्तीको पैसा नबुझाएका थापाले म चलचित्रबाट उठाएर दिन्छु भन्दै चलचित्र बिर्खेलाई चिन्छस् लिएर अमेरिका आएका हुन् पछि उनि नेपाल फर्किएनन् ।
नेपाली कलाकर्मीहरु मिलेर बसिरहेको अस्टिनमा उनि आफ्नो स्वभावका कारण अलोकप्रिय बन्दै गएका छन् । उनका कारण देखिएको यो विबाद पहिलो जस्तो लागेपनि उनका कारण एक आपसमा मनमुटावको माहोल बन्ने गरेको समेत त्यहाँ रहेका नेपालीहरु बताउँछन् । सुरुमा अत्यन्त लचक देखाएर प्रवेश गर्ने र पछि त्यहि ब्यक्तीलाई धोका दिने काममा माहिर सुवास थापा आफु नेपालको उत्कृष्ट कलाकार भएको भन्दै घमण्ड समेत देखाउने गर्छन् । उनलाई सहयोग गर्नेहरु आजित बन्दै गएका छन् किनकी उनि कुनै न कुनै नियत राखेरै मान्छेसंग परिचय बढाउँछन् भन्ने भान उनीका गतिविधीले जनाउँछ ।
केहि दिन अघि अमेरिकामा सम्पन्न ग्लोबल नेपाली फिल्म, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८ मा नेपाली कलाकर्मी र कलाप्रेमीको बाक्लो उपस्थिती थियो, टाढा टाढाबाट कलाकर्मी उपस्थित अवार्डमा समेत सुवास थापालाई कसैले निम्ता नगर्नु पनि उनको अलोकप्रियताको अर्को उदाहरण हो ।
यो बिबादमा परेका दुई कलाकार मध्य कालिप्रसाद बास्कोटा हिजो अमेरिका पुगिसकेका छन् । तर कालीप्रसाद यहि कार्यक्रमका लागि मात्र अमेरिका आएका होईनन् । उनलाई समेत सुवास थापाले झुक्याईदिंदा एउटा भिडियो क्लिप्स सार्वजनिक भयो । जसमा उनले डि एण्ड डी मुभिजको आयोजनमा अस्टिन आउँदैछु भनेका छन् । नेपालमा रहेका ब्यस्त कलाकार काली प्रसादलाई सुवास थापाले फोन गरेर जे जे कुरा टिपाए त्यो अनुसार उनले भने । विश्वासमा नै उनले त्यो क्लिप्स आफ्ना दर्शकका लागि सन्देश स्वरुप पठाएका हुन् उनलाई नमो नमस्ते र सुवास थापा विचको किचलो थाहा थिएन । थाहा हुने कुरा पनि भएन यहाँ के गर्दैछन् थापा भन्ने आफ्नै टिमका साथीहरुलाई त पत्तो भएन बास्कोटा त नेपालमा थिए ।
यो हो कालीप्रसाद बास्कोटाको सन्देशसहितको भिडियोः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा