ननिदाउने किर्तिपुर


राती अवेरसम्म कोठामा बक्ति बलीरहनु सामान्य छ यहाँ । कहिलेकाही मध्य रातमा कुकरले खाना पाक्यो भनेर गर्ने सकेंत पनि स्वभाविक नै मान्नु पर्छ , । एउटा घरमा रहेको प्रत्येक कोठमा भिन्ना भिन्दै सपनाहरुले डेरा जमाएका छन । कोठाबाट निस्कने प्रकाशसँगै निस्किएका छन, सपनाहरु,जिम्मेवारी अनि विश्वास । कुनै कोठा पानाहरु पल्टाउदै गुनगुनाइरहेको छन, कुनै कोठा गहन सोचमा छन, कोही खुल्ला आकाश मुनि चुरोट सल्काउदै धुवाँ पर पर फालिरहेको छन, अनि आफनो जिन्दगीलाई त्यही चुरोट सँग तुलना गरिरहेछन, जिन्दगी समयले तानिरहदाँ छोटो छोटो हुदै छ , अनि धुवाँ बनि उडिरहेछन सपनाहरु । कुनै कोठा विरामी छन, व्यवहारिक रोगले भरिएका कोठाहरु, तनावले भरिएका , घरबेटीलाई भोलि के भनेर पठाउने सोचिरहेका कोठाहरु, अनि पानी भर्नको लागि बिहानै उठ्नु छ भनी सजग रहेका कोठाहरु । एउटा सिङगो देशको प्रतिनिधित्व गर्ने ठाँउ यहि किर्तिपुर नै होला । जहाँ देशका हरेक कुनाबाट सुन्दर भविष्यको सपना बोकेर आउनेहरुको ठुलो जमात देख्न सकिन्छ ।

यहाँ निकै ठुलो शैक्षिक जमात देख्न सकिन्छ । बिहानमा चिया पसलहरु विद्यार्थीहरुले भरिएका हुन्छन । चिया सँगै पत्रपत्रिकामा रहेका तितिा मिठा समाचारको स्वाद लिइरहेका पाइन्छ । उच्च शिक्षा, लोकसेवा तयारी, बैदेशिक अध्ययनको तयारीमा हर विहान किर्तिपुर तयार हुन्छ । किर्तिपुर यातायात सधै भरिभराउ देखिन्छ,, अनि विहानै देखि संघर्षको शुरुवात हुन्छ , बसको सिटको लागि । देशको ठुलो पुस्तकालय त्रि.वि पुस्तकालय पनि भरिभराउ छ, प्राय सबै कृर्चिहरु विद्यार्थीले भरिएको हुन्छ । सपना पुरा गर्नको लागि मेहनेत जरुरी छ भन्ने कुरा हो एउटा राम्रो उदाहरण देख्न सकिन्छ । कयौ वर्ष देखिको निरन्तरता पश्चात आफनो गन्तव्यमा पुगेका कयौ कथाहरुको शुरुवात यहि पुस्तकालय बाट शुरु भएको छन् । विहान खाना खाएर आएदेखि साझँ सम्म कितावका पानाहरुमा हराएर आफनो सुन्दर भविष्य खोज्नेहरुलाई सधै त्रि.वि पुस्तकालयले साथ दिइरहेको हुन्छ । बजार निकै व्यस्त छ । बैङ्क तथा वित्तिय संस्था, पूस्तक पसल, साइबर, फेन्सी पसल, रेष्टुुरेन्टमा निकै भिडभाड देख्न सकिन्छ । साँझको समयमा साग सब्जी लिन निस्किएको जमात कुनै मेला, उत्सवमा देखिने भन्दा कम लाग्दैन ।

बाटोमा हिड्दै गर्दा कयौ सपनाहरु सगँ ठोकिनु सामान्य लाग्छ । यदि कसैसँग ठोकिएकै भरमा उसको कथा थाहा पाउने भए , मैले सहजै बुझने थिए विवश दाईको सरकारी जागिरे हुने कथा, अमृतले देखेको बैङ्किक क्षेत्रमा आफनो भविष्यको कथा, उडेर पर देशमा श्रम गर्न खोज्ने सृजनाको कथा , तेस्रो पटक आशा सहित कोरियन भाषाको परिक्षा दिन प्रेमको कथा, परिक्षाको नतिजा कुरिरहने कयौ साथीहरुको कथा , कयौ रात चाउचाउ उमालेर टार्दा घरको शब्दा सम्झिनेहरुको कथा । अनि जिन्दगीको रेश जित्नको लागि निरन्तर दौडिरहने किर्तिपुरको कथा । यहि रेशको दौरान कयौ सपनाहरु पुरा गर्न किर्तिपुर सफल भएको छ । जब कोही सपनाको करिब पुग्छन, अनि गन्तव्य फेरिन्छ अनि निदाउने गर्छन । किर्तिपुर निरन्तर अनिदो बसिरहेछ, किर्तिपुरको आफनौ सिद्धान्त बनाएको छ, आज निदाएनै भने मात्र भोलि राम्रो सँग निदाउन सक्छौ ।


Loading comments...