
क्यान्सर लागेका भित्ताहरु
१७ कार्तिक २०७५, शनिबार ०६:१२
कलाकारले भरिएको शहर जहाँ कलाकारिताको बेजोड उदाहरणहरु देख्न सकिन्छ । ति कलाकृतिहरु यति गम्भिर छन् कि जो कोहीले अनुमान समेत लगाउन सक्दैनन् ति रङ्गहरुको अर्थ । यस्ता अर्थ विहिन रङ्गहरु पोतिएका क्यानभासको ठुलो संख्या छ आजकल ।
हिजो मात्र त्यस्तै एउटा कलाकारिताले मेरो ध्यानकर्षण ग¥यो, निकै बेर उभिएर हेरिरहेको त्यो रङ्गको संयोजन रातो रङ्ग गाढा रातो । म त्यो कलाकारिताको अर्थ लगाउदै थिए, ती रङ्गहरु यसरी पोतिएको थियो कि त्यसको वास्तविक कुनै अर्थ थिएन । त्यसैवेला एकजना कलाकारले त्यही क्यानभासमा आफनो कलाकारिता मिसाइदिनुभयो अनि झन राम्रोसँग पोतिदिनुभयो ती भित्ताहरु । ति रङहरुको मिसाइरहदा उहाँले निकालेको आवाज निकै असभ्य थियो पिच्च ।
गुट्के कलाकारहरुले भरिएको मेरो शहर निकै रङ्गिएको छ । भित्ताहरुलाई क्यानभास सम्झेर मुखभरिको थुक लाई रङ ठानेर लियोनार्दौ दा भिन्ची ठान्नेहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । मेरो शहरका भित्ताहरुलाई क्यानसर लागेको छ । गुटकाको प्याकेटमा ठुला ठुला अक्षरले लेखिएको सुर्तिजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक छ नपढेको झै । अनि त्यो क्यानसरले बिग्रिएको ओठको तस्बीरलाई देखेको नदेखेझै गर्नेहरु । आफनो स्वस्थ्यसँग खेलबाढ गरिरहँदा सगँसगै मेरो यो शुन्दर सहरलाई पनि अस्वस्थ बनाउन सक्रिय छन , अनि त्यो क्यानसर फैलिदै छ यहाँ भित्ताहरुमा, बाटोहरुमा, सार्वजनिक शौचालय, आकाशे पुल यत्रतत्र जहाँ जहाँ पाने, गुट्के कलाकारको आँखा पुग्छन ।
एउटा ठुलो साहितिक जथ्था पनि सक्रिय रुपमा लागिपरेको देखिन्छ मठ मन्दिर तथा विभिन्न पार्कको भित्तामा आफना कृतिहरु लेख्नलाई । मठ मन्दिरमा मायाका कसम लेख्ने, अश्लिलता फैलाउने कलाकार पनि निकै सक्रिय छन , सास्कृतिक सम्पदाको सुन्दरतामा हस ल्याउनलाई ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा