Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

स्तन क्यान्सरको खतरा कम गर्नको लागि के खाने ?

११ पुष २०७५, बुधबार १९:००


स्वस्थ जिवनको चाहाना हामी सबैमा हुन्छ । विभिन्न रोग तथा समस्याहरुले हाम्रो स्वास्थ्यमा असर परिरहेको हुन्छ । विभिन्न समस्याहरु मध्ये स्तन क्यान्सर धेरैलाई लाग्ने प्राणघातक रोग हो । यो महिलालाई मात्र नभई पुरुषहरुलाई पनि हुने गर्दछ, तर पुरुषहरुमा यो निकै कम लाग्ने गरेको पाईन्छ । स्तनमा गिर्खा देखिनु, स्तनको टुप्पोमा परिवर्तन आउनु, छाला खुइलिने, शरीरको तौल घट्ने, घाउ हुने जस्ता लक्षणहरु देखिन्छन् ।

स्तन क्यान्सरको खतरा कम गर्नको लागि के खाने ?
१. दाल र गेडागुडी
दालमा अत्यधिक मात्रामा प्रोटिन पाईन्छ, जुन स्वस्थ्यको लागि निकै फाइदाजनक हुन्छ । दाल तथा गेडागुडी फाइबर र भिटामिन वि प्रदान गर्दछ, जसले पैनक्रियाजको क्यान्सरको खतरालई कम गर्दछ । फलिया मा प्रतिरोधी स्टार्च हुन्छ जसले कोशहरुलाई मजबुद बनाउछ र क्यान्सरबाट बच्न मद्त गर्दछ ।

२. फलफुल
फलफुल लाई स्वस्थ्यको लागि सबैभन्दा प्रभावकारी मानिन्छ । फलफुल बिरामी अवस्थामा प्रतिरक्षा क्षमता प्रदान गर्दछ । मेवा, सुन्तला भिटामिन र अन्य पोषक तत्वहरुले भरिपुर्ण हुन्छन जसले कलेजोमा पाइने कार्सिनोजनलाई नष्ट गर्ने सहयोग गर्दछ । अंगुरलाई फलहरुमा सबैभन्दा बढि रस हुने फल मानिन्छ । यसमा हुनेएथोसायनिन र पुलीफेनल्सले क्यान्सरलाई कम गर्न सक्छ ।

३.सब्जी
हरीयो सागसब्जी खानाले सबैको स्वस्थ्य राम्रो रहन्छ । गाजर,फर्सी मा अल्फा बिटा नामक कैरोटिन्स क्यान्सरलाई नष्ट गर्ने तत्व पाईन्छ । साथै गर्भाशय, मुत्राशय, पेट र स्तन क्यान्सरसहित कयौ प्रकारका क्यान्सरलाई नियन्त्रणमा फाइदाजनक हुन्छ ।

४) खरबुजा र गोडभेला
खरबुजा खानाले शरीरमा पानीको मात्रा कम हुन पाउदैन । खरबुजा र गोलभेडामा लाइकोपीन प्रयाप्त मात्रामा पाईन्छ ,जसले कोशहरुलाई सुरक्षा गर्दछ । गोलभेडाको नियमित रुपमा खानाले प्रोस्टेट क्यान्सरको खतरा कम हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान