Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
ChiriFuri Dot Com - Trailer - Thumbnail

निर्मल शर्मा निर्देशित चुरीफुरी डटकमको ट्रेलर सार्वजनिक

११ पुष २०७५, बुधबार १६:४९


चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज “चुरीफुरी डटकम” को ट्रेलर सार्वजनिक भएको छ ।

गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय ट्रेलरमा हेर्न सकिन्छ ।

शान्तीप्रीयको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र अावाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन ।

रमाईलो वेब सिरिज “चुरीफुरी डटकम” नयाँ वर्ष सन् २०१९ को जनवरीभित्र “Bodh HD”को YouTube Channel (https://www.youtube.com/bodhihd) बाट हेर्न सकिनेछ । “Bodh HD”ले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप अहिले च्यानलबाट नेपालकै प्रथम Sci-Fi कथा समेटिएको SMS IN TIME तथा Nepgasm को Stand-UP कमेडी पनि प्रशारण गर्दै अाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,