Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

मुला म

१७ कार्तिक २०७५, शनिबार ०६:१६


लगानीमा सबैले प्रतिफलको आशा राख्नु एउटा स्वभाभिक कुरा हो । लगानीको मुख्य उद्देश्य नै प्रतिफल रहन्छ , प्रतिफल लगानी अनि सर्मपणा अनुरुप हुनु पर्दछ तर व्यवहारमा प्राय यस्तो कमै हुन्छ । आज धेरै समय अनि प्रक्रिया पश्चात म, मेरो जिवनको अन्तिम चरणमा यस प्लेटको एउटा छेउमा सलादको रुपमा बसिरहेको वेला आफनो यात्रा स्मरण गर्दैछु ।

वारीमा विउ बाट बेर्ना देखि, विरुवा, फल, परिपक्कता अनि बजार सम्मको यो यात्रामा मेरोलाई लगानी गर्नेहरुको प्रतिफलको सामान्य लेखा जोखा गर्न मन लाग्यो । मलाई विउ बाट बेर्ना बनाएर, ३,४ महिना मल जल गर्ने किसानले कति प्रतिफल प्राप्त गर्नुभयो, जो मेरो लागि दिनरात मेहनेत गर्नु हुन्थ्यो, त्यसपछिको यात्रामा आउनुहुने साउजी जसले कृषकले हुर्काएको मलाई बजारमा लगेर खुद्रा व्यापारीलाई बेच्नु हुन्थ्यो अनि व्यापारीबाट घर घरका भान्छा अनि आज यो रेष्टुरेन्टमा । यहाँ प्रत्येकको म लगानी देख्छु, तर लगानी अनुरुपको प्रतिफल सायद नभए जस्तो लाग्छ । किसान जसले दिनरात मेरो लागि आफनो पसिना चुहाए उनले पाउने प्रतिफल तुलनात्मक रुपमा व्यपारीले पाउने भन्दा कम छ र व्यापारीको तुलनामा यस रेष्टुरेन्टले म बाट पाउने प्रतिफल पक्कै पनि बढि होला ।

मलाई आज मेरो अस्तित्व सकिनै लाग्दा यस विषयमा निकै सोचमा परे, तर म किसानलाई वास्तविक प्रतिफल दिलाउनको लागि केही गर्न सक्दिन । यहाँको संरचना नै यस्तै छ, जस्ले गर्दा किसानले बेच्ने मुल्यभन्दा निकै धेरै मुल्यमा सर्वसाधरण उपभोग गर्न बाध्य छन । वास्वमा किसानले मेरो मुल्यको अधिक प्रतिफल पाउनु पर्ने हो, प्रतिफलको असमान वितरण देख्दा किसान प्रति निकै सम्मानको भावना जाग्यो, किनकी असमानता तथा मेहनत अनुसारको प्रतिफल नहुदाँ पनि उनी निरन्तर आफनो कर्म गरिरहेका छन, ति फाँँँट तथा बारिहरु कहिले पनि उ बाझँो राख्दैन्न् ।

यत्तिकैमा मेरो शरिरलाई कसैले टोक्नु भयो, अनि भन्नु भयो मुला मिठो नै रहेछ । विदेशिएको ७ वर्ष पछि स्वदेश आएको साथीले दिएको पार्टि रहेछ, उनहिरुको कुरा सुनिरहदा थाहा पाए कि उसले उताको पिआर यसै वर्ष पाएको रहेछ ।

जब यो जमघटको कारण थाहा पाए लाग्यो म मात्र होइन रहेछु मुला, जस्ले लगानीको उचित प्रतिफल दिन नसकेको । जब ७ वर्ष अघि पढ्न गएको उ एक महिनाको छुट्टिमा आएको देखे अनि लाग्यो उसको लागि समाज, देश ले गरेको लगानी अनि विदेशले उ बाट पाएको प्रतिफल । गाँउ,घर ,परिवार, समाज अनि राष्ट्रले उबाट गरेको अपेक्षा अनि प्राप्त गरेको प्रतिफल । देश आज किसान भएको छ अनि विदेश आज व्यापारी भएको छ । देश जहाँको त्यहि छ विदेश विकासको द्रुत गतिमा दौडिरहेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान

मलेखु, १५ पुस  : तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्र्यो । जमिन चिरा पर्र्यो । घर

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका