
बुद्धको ‘सानी’ लाई साढे सत्र करोड ( भिडियो सहित )
१२ पुष २०७५, बिहीबार ११:२८
प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म टिकटकमा एक सय ७२ दशमलव ५ मिलियन भ्यु पाएको छ।यही गीतको भिडियो युट्युबमा मंगलबार
साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन्। भिडियो २०१८ को सेप्टेम्बर ६ तारिखमा युट्युबमा प्रकाशित गरिएको हो। भिडियोमा लाइक पनि त्यत्तिकै छ।
आशुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बुद्ध आफैं लिड रोलमा छन्। उनलाई विनिताले अभिनयमा साथ दिएकी छन्। भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् भने काेरियोग्राफर सञ्जय लामा हुन्। भिडियो अमेश वज्राचार्यले खिचेका हुन्।
बुद्ध लामाको चर्चा देश मा मात्र नभएर बिदेशमा पनि चर्चा हुने गरेको छ । नेपाल आइडलको सिजन २ पनि सम्पन्न भई सकेको छ भने दोश्रो नेपाल आइडल बन्न सफल भएका छन अछामका रवी ओड । त्यस्तै दोश्रो पोखराका बिक्रम बराल भएका छन भने तेश्रो सुमित पाठक भएका छन । बुद्ध लामाको बजारमा आएका सबै गित त्यतिक्कै हिट भएका छन भने उनको आगामी दिनमा पनि सांगेतिक भविष्य राम्रो रहेको छ भने अबका दिनमा बुद्ध लामा नेपालि चलचित्रमा पनि गित गाउने भएका छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू