
यो हो कम्बोडियामा रहेको विश्वको सबैभन्दा ठूलो अद्भुत हिन्दु मन्दिर (भिडियोसहित)
१२ पुष २०७५, बिहीबार १४:१३
दक्षिणपुर्वी एसियामा रहेको कम्बोडिया वुद्धिष्ट देश हो जहाँ ९७ प्रतिशत मानिसहरु वुद्ध धर्म मान्छन्। तर कम्बोडियामा विश्वकै सबैभन्दा ठुलो हिन्दु धर्मको विष्णु मन्दिर रहेको छ। यो आकारमा विश्वको सबैभन्दा ठूलो धार्मिक स्थल हो ।
अंकोरवाटमा रहेको यस मन्दिरको निर्माण सम्राट सूर्यवर्मन द्धितीयले (१११२-५३ ई.) मा निर्माण गरेका थिए।
विश्वको सबैभन्दा लोकप्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा चर्चित यस मन्दिरको बास्तुशास्त्रको अनुपम सौन्दर्य हेर्नलाई पनि बार्षिक लाखौं पर्यटकहरु आउँछन्।
यस मन्दिरलाई विश्वप्रसिद्ध टाइम म्यागेजिनले दुँनियाको सबैभन्दा भव्य कलाकृतिले सजिएको संरचनाहरुको सूचीमा पाँच नम्बरमा राखेको छ।
विष्णु भगवानको साथसाथैँ यो मन्दिरलाई राम मन्दिर पनि भनिन्छ। रामचन्द्र बनवासमा रहदा यस ठाउँमा पूगेको धार्मिक मान्यता छ।तर अहिले यो मन्दिर संरक्षणको अभाबमा खण्डहर बन्दै गईरहेको छ। यहाँ हिन्दु धर्मावलम्बीको साथैं बौद्ध र अन्य धर्ममा आस्था राख्नेहरु पनि आउने गर्छन्।
कम्बोडिया गएपछि यस मन्दिरमा पुगेन भने मानिसहरुको कम्बोडिया भ्रमण अधूरो रहने भनाई छ।
- अंग्रेजीमा पढनुहोस : World’s largest incredible Hindu temple located in Cambodia
हेर्नुस भिडियो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला
खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।