१० रुपैँयाको मान्छे


अर्जुन भण्डारी। हिँडि रहेको म, दौडिरहेको समय भेटटाउनका लागि गुड्ने पर्ने बाध्यता भएको छ । उक्त बाध्यतालाइ टार्नका लागि म बल्खु चोकमा बसेर केहि बेर बसको प्रतिक्षामा छु । ३/४ वटा साना ठुला बस एक एक गर्दै चोकमा आए र रोकिए । कन्डक्टर हरु ढोकामा झुण्डीएर किर्तिपुर किर्तिपुर भन्दै हात हल्लाइ मान्छे बोलाउने होड बाजि चलाएका छन । तै पनि ब्यस्तताले गर्दा सवैभन्दा अगाडीको बस छिटो गुडाउला भन्ने सोचाइ बनाइ सोहि बस तिर मोडिएँ । बस बस थिएन, बस्ने ठाउ थिएन, अझ खुट्टा राख्ने ठाउँ पनि थिएन । अधिकाशँ मानिस उभिएका थिए र कोहि ढोका मा पनि झुण्डीएका थिए । यात्रा गर्नु पर्ने बाध्यता भएपछि कस्को के लाग्दो रहेछ र ?

म पनि झुण्डीएरै भएपनि यात्रा गर्ने निर्णय गरेँ र झुण्डीएँ ढोकाको मास्तीरको डण्डी समातेर । बस अझै गुड्ने सुरसार गर्दैन, बस घुत्त घुत्त हुइँ हुँइ पार्दै थिए तर गुडाइएको थिएन । ड्राइभर कन्डक्टरलाइ अझै मान्छे खोज भन्दै गाली गरिरहेका थिए । त्यसपछि अझै ३/४ जना बाध्यात्मक यात्रुहरु सवार गर्न आइ र झुण्डिन लागे । भित्र बाट यात्रुहरु भयो अव त भरियो जाउँ भन्दै उकुसमुकुस को आवाज मा भन्दै थिए । एउटाको खुट्टा माथि अर्कोको खुट्टा भएको थियो । ढोकामा झुण्डिदाँ हात फतक्क भइसकेका थिए, म भन्दा बाहिरका यात्रुले “खै एउटा खुट्टा उचाल्नुस त मैले टेक्नै पाइन” भन्दै थिए । बाहिर कन्डक्टर अझै यात्रु बोलाउँदै थिए । पछाडी लामो गाडीको लर्को नै बनि सकेको थियो ट्र्राफीक आएपछि भारी भएको बस गुड्यो । बस ढोका भएको तर्फ कोल्टीदै गुडेको सायद ढोकामा ओभरलोड भएर नै हो ।

करिव ६ जना मानिस त ढोका माथिको एक फलामे डण्डीमा झुण्डीरहेका छन । कोहि हात फतक्कै भो भन्दै छन । कन्डक्टर भने यी हामी झुण्डीँदा केहि भछैन भन्दै चप्पल बाटोमा घिसार्दै छन यत्तिकैमा भित्र बाट आवाज आँउछ । तिम्रो त बानि पर्यो हाम्रो त छैन नि । उस्ले हाँस्दै भने संधै उभिनु पर्ने भएसी त यात्रुुको पनि बानी पर्नु पर्ने । उसलाइ कसैले जवाफ फर्कायनन् । बस जोड संग खाल्डा खुल्डी नभनि कुदाएका थिए बाहिर कन्डक्टर अगाडीका गाडिमा भाले गाडी आयो बाटो छड भन्दै इसारा गर्दै थिए । मलाइ हाँसो लाग्यो गाडि गाडिमा पनि लैंगिक विभेद ?

केहि यात्रा गरेपछि एकजना टि यु गेटमा झर्न भन्नु भयो उहाँ झर्नको लागि बस भित्रै करिव ५ ७ मिनेट जाम पर्यो ढोकाका सवै ओर्लियौँ हातले केहि आराम पायो अनि फेरी बल्ल बल्ल झुण्डीयौँ । अनि अर्को झुण्डीएको दाइले भन्नु भयो आज त कमाइ दरो हुने भो भाइको । उस्ले नाक खुम्च्याउँदै भने “सवै १० रुपैयाका हुन १००० पनि हुन्न ।”  मलाइ त्यो निकै अचम्मको उत्तर लाग्यो, (कार्डवाला लाइ राम्रो आम्दानीको श्रोत मान्दा रहेछन ।) के ब्याबसाय गर्ने मान्छे साँच्ची पैसालाइ मात्र ध्यान दिने, तै पनि १० रुपैँयामा मानिसको मोल गर्ने, उसले एकजनालाइ रु १० देख्थ्यो । उसको यो उत्तरले स्पष्ट देखाउथ्यो, उसलाइ यात्रुको सुविधा भन्दा रु १० को ध्यान थियो । उसलाइ अझै २ ४ जना थपी २० ४० रुपैया कमाउन मन थ्यो, गाडीको क्षमता र यात्रुको सकससंग कुनै सरोकार थिएन । अचम्म लाग्यो २८ जना सिट क्षमता भएको बसमा उसको हिसावले ९० भन्दा बढि यात्रु थिए अझै उ तृप्त थिएनन् । धन्य छ तिनलाइ जो एउटा डण्डीमा शरिर अडाएर डण्डीको नटमा प्राण राखी यात्रा गर्न बाध्य छन् ।

धेरै ब्यवसायमा यस्तै प्रविति देखिन्छ तर यो कार्य गलत हो । ब्यापार ब्यवसायको अस्तित्व जोगाउन पनि मुनाफा आवस्यक छ तर मुनाफाको साथ साथै ग्राहकको सुविधामा पनि ध्यान दिनु जरुरी छ । सवैको धन जनको सुरक्षा र आफ्नो सेवा प्रति जिम्मेवार बनौँ अनि दिर्घकालिन ब्यवसायी बनौँ ।


Loading comments...