आफगानिस्तानवाट कविता


आज लाइभमाण्डुमा कविताहरु सुमेरु पर्वत पारिको देश आफगानिस्तानबाट ।
विगतका लगभग आधा शताव्दीदेखि नै आफगानिस्तान गृहयुद्ध अनि वैदेशिक हस्तक्षेप, सैनिक परिचालन, आतंकवाद लगायतका कुराहरुमा रुमल्लिएको छ । रत्तरपातका श्रृखलाहरु त्यहाँ निकै हुन्छन् अनि बमबारुदको धूवाँ बिच अफगानीस्तानले श्वाँस फेरिरहेको छ । तथापि श्रृजना अनि कविताका फोहोराहरु त्यस देशमा तड्कारो उठ्ने गर्दछन्, पाश साहित्यको लोभलाग्दो भूमि आफगानिस्तान यूगौं युगान्तरदेखि साहित्य अनि संस्कारमा अदब भएको धनी देश हो । आज हामी त्यसै देशका एउटा सामान्य कविका असामान्य कविता मार्फत आफगानिस्तानको अवस्था शव्द मार्फत चित्रण गर्न चाहन्छौं ।

कवि मती उल्लाह तुराव पेशागत रुपमा धातुका सामान बनाँउने, पगाल्ने अनि बेच्ने कार्य गर्दछन् । फेरि यि कविले कविता पनि धातुका टुक्राहरु झैं घोच्न सक्ने अनि कडा लेख्दछन् । यिनका कवितामा आवाज छ अनि कहालिलाग्दोे भावनाको एउटा आव्हान पनि । यिनका कविता कहालीलाग्दो झैं घरिघरि लागेपनि यिनको शान्तीप्रतिको आशा बुलन्द छ । ४६ वर्षका यि कविका कविताहरुको आफगानिस्तानमा ठूलै सामाजिक महत्व छ । यिनी पास्तो भाषामा लेख्ने गर्दछन्, अहिले फेसबुकमा यिनको आफ्नै पेज पनि छ । यिनको पेजमा १२ हजार बढि लाइक्स पनि छ ।
जनसाधारणलाई शान्ति अनि सुव्यबस्थाको वकालत गर्दै यिनका कविताले भ्रष्टाचार विरुद्धका आवाज पनि उठाउने गरेका छन् ।

झण्डा बोक्नेहरुलाई यिनको कविता
ए संसारमा झण्डा बोकेर हिँड्नेहरु
सुरक्षाका नाममा तिमीहरुले हामीलाई धेरै दुख्ख दियौ
तिमीहरु शान्ति र सुरक्षाका कुरा गर्दै
बन्दुक र बारुद बाँड्दै हिँडेका छौ

पाकिस्तान पनि बसेका यि कविलाई कविता सुनाउन पूर्व राष्ट्रपती हमिद कारदायीले पनि यिनलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । राष्ट्रपतीलाई कविता सुनाँउदा उनले सरकार अनि राष्ट्रपतीकै खण्डन गरे तर पनि हमिदले मेरो कविता मनपरा एभनेंर उन्ले न्यूयोर्क टाइम्सलाई दिएको २ वर्षअघिको अन्र्तवार्तामा बताएका छन् ।

मारिएका मान्छे अनि मरेको स्वतन्त्रताकालागि उनले यस्तो कविता लेखेका छन्
मानव खोपडी र दासताले भरिएको चिहान
पृथ्वीलाई चिरेर बाहिर आउ
तिम्रा रगतले मलाई तनाव दिइरहिएको छ
र तिमी केही कुमारी केटिहरु पाउने लालसाको नशामा मर्न पुग्यौ

माथिको कविताले आत्मघाती बम विष्फोट गराउने यूवावर्ग अनि उनिहरुको मृत्यु पश्चात कुमारी केटि भोग गर्न पाउने फगत सपनालाई संबोधन गरेको छ ।

झण्डा बोक्नेहरुलाई यिनको कविता
ए संसारमा झण्डा बोकेर हिँड्नेहरु
सुरक्षाका नाममा तिमीहरुले हामीलाई धेरै दुख्ख दियौ
तिमीहरु शान्ति र सुरक्षाका कुरा गर्दै
बन्दुक र बारुद बाँड्दै हिँडेका छौ

यूद्धको कविता
यूद्ध अब व्यापार बन्न पुगेछ
टाउकाहरु बेचिएछन
यसरी बेचे कि जस्तै टाउकोको तौल कपास जत्ति पनि छैन
र तौलने ठाँउमा निर्णायकहरु बसेका छन्
निर्णयकहरु पहिले
रगतको स्वाद लिन्छन र मात्र मुल्य निर्धारण गर्दछन्

एउटा लेखक भएको नाताले म शव्द मार्फत यि कविको पीडालाई बुझ्न सक्दछु । मौका मिलेमा यिनलाई भेट्नेछु, फेसबुकमा २ वर्ष अघि यिनलाई रिक्वेस्ट पठाएको एसेप्ट भएको छैन तथापि यिनको कविता पढ्नलाई मैले फेसबुकमा मैले यिनको पेज भनें फलो गरेको छु ।


Loading comments...