नेपालका ३० प्रभावशाली नेताहरुको पढाई कति ?


सुरेन्द्र बजगाईं- राजनीति एउटा यस्तो क्षेत्र हो जहाँ प्रवेश गर्न कुनै शैक्षिक योग्यता चाँहिदैन भन्ने मान्यता रहेको छ । यो चलन नेपालमा मात्र हैन विश्वका धेरै देशमा पढाईको योग्यता तोकेर राजनीतिमा प्रवेश हुने चलन छैन । देशको शासन गर्न जाने जनताको प्रतिनिधिलाई साधारण जनताको भन्दा धेरै विषयको ज्ञान हुन आवस्यक छ । तर नेपालको इतिहास पल्टाएर हेर्ने हो भने सबै भन्दा धेरै पटक प्रधानमन्त्री भएका गिरिजा प्रसाद कोइरालाले पढेका थिएन् । अहिलेका प्रधानमन्त्री केपी ओलीले पनि खासै धेरै पढेका छैनन् । नेपालका पूर्व प्रधानमन्त्रीहरुमा पढाइमा अगाडी रहेका पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मात्र एक व्यक्ति हुन जसले विद्यावारिधिसम्म अध्यान गरेका छन । हेरौं नेपालका राष्ट्रपति देखि मन्त्री सम्म शक्तिशाली ३०  नेताको शैक्षिक योग्यता सम्बन्धि विवरण । सबै भन्दा कम पढेको को होला ?

१. राष्ट्पति विद्यादेवी भण्डारी
गणतन्त्र नेपालको पहिलो महिला राष्ट्पति विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसबाट आइ. ए सम्मको अध्यान गरेकी छिन । आइ.ए सकाएर तत्कालिन माले पार्टीको युवा संगठनमा संलग्न रहेर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । महेन्द्र मोरंग बहुमुखी क्याम्पसबाट बि. ए सम्मको पढाइ गरेकी भण्डारी स्वर्गीय नेता मदन भण्डारीको धर्मपत्नी हुन्। मादव कुमार नेपाल प्रधानमन्त्री हुँदा भण्डारी रक्षामन्त्री बनेकी थिइन्। अहिले विद्यादेवी भण्डारी राष्ट्पतिमा दोस्रो कार्यकाल बिताइरहेकी छिन् ।

२. नन्दकिशोर पुन
नन्दकिशोर पुन (पासाङ्) अहिले नेपालको दोस्रो पटक उपराष्ट्पतिको भएका छन् । आठ वर्ष उमेरमा विद्यालय जिवन सुरुगरेका पुनले रोल्पाको गाउमा नै कक्षा ३ सम्म अध्ययन गरेका थिए। त्यसपछी रोल्पाको सदरमुकाम लिवाङबाट मावि स्तरको पढाई सकेका हुन् भने एसएलसी चाहि कम्युनिष्ट किल्लाका रुपमा परिचित थवाङको विद्यालयबाट २०४२ सालमा उर्तिण गरेका हुन्। पुनले राजनीतिशास्त्रमा स्नाकतोर सम्म अध्यान गरेका छन। यसका अलावा सैन्य दर्शन र राजनीतिक दर्शनको समेत अध्यन गरेका छन् । पुनले कक्षा ६ मा अध्यानरत छदै देखि राजनिती सुरु गरेका थिए।

३. प्रधानमन्त्री खड्गप्रसाद ओली
कक्षा १० सम्म अध्यान गरेका केपी ओली हाल नेपालको प्रधानमन्त्री रहेका छन् । यो ओलीको प्रधानमन्त्रीको पदमा दोश्रो कार्यकाल हो। २०२८ साल देखि २०४४ साल सम्मको लामो जेल जीवन बिताएको कारण आफ्नो औपचारिक अध्यान अगाडी बढाउन सकेका थिएनन् ।तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले २५ चैत्र २०७४ मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका थिए । उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका हुन् ।

४. पुष्पकमल दाहाल (प्रचण्ड)
झन्डै १३ वर्ष भुमिगत जीवन बिताएका पुर्व प्रधानमन्त्री एवम नेकपाको अध्यक्ष प्रचण्डले २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गरेका थिए भने एम.पी.ए.सम्मको अध्ययन गरेका छन। प्रचण्डले नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा शिक्षण पेशा पनि गरेका थिए।

५. माधव कुमार नेपाल
रौतहट जिल्लाको गौरमा जन्मिएका नेपालको ३४ औ प्रधानमन्त्री माधव कुमार नेपालले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. गरी २०२२ सालमा वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भएका थिए । नेपाल १३ बर्षको उमेर देखि राजनीतिमा होमिएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट बाणिज्य संकायमा स्नाकतोर गरेका छन । नेपाल मूलधारको राजनीतिमा आउनु भन्दा पहिले नेपालले बैकमा जागिर गर्दथे ।

६. झलनाथ खनाल
इलाम जिल्लाको साँखेजुङमा जन्मिएका झलनाथ खानालाने त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक सम्म पढाइ पुरा गरेका छन। उनले बागलुङ जिल्लाको गल्कोट भन्ने ठाउमा बिज्ञान विषयको शिक्षक पेसामा रहदा राजनीति गरेका कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सकि्रय भएका थिए ।

७. शेरवहादुर देउवा
त्रिभुवन विश्वविद्यालयबाट राजनीतीशास्त्रमा स्नाकतोर र कानुनमा स्नातक सम्मको अध्यान गरेका देउवा पूर्वप्रधानमन्त्री हुन् । देउवाले लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलो गरेका छन । उनि नेपाल विधार्थी संगठनका प्रथम सभापति एवं सस्थापक हुन् । कांग्रेस सभापति सम्म रहेका देउवा विविन्न कालाखंडमा नेपालको प्रधानमन्त्री भएका छन् ।

८. रामचन्द्र पौडेल
पंचायत विरोधी आन्दोलन गरेवापत १३ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर सम्मको अध्यन गरेका छन ।

९. डाक्टर बाबुराम भट्टराई
भट्टराई २०२६ सालको एस. एल. सी परिक्षा दिएका  हुन् भने अमृत साइन्स क्याम्पस अस्कलमा आइ. एस. सीमा बोर्ड फस्ट गरे पछी कोलम्बो प्लान छात्रवृत्तिमा आर्किटेक्टलर इन्जिनियरिङ्ग पढ्न २०२९ सालमा भारतको चंदिगढ़ गए । त्यसपछि टाउन एण्ड कन्ट्री प्लानिङ्गमा स्नाकोत्तर गर्न पुनः छात्रवृत्तिमा दिल्ली स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा अध्यान गरे । २०३७ मा अर्को छात्रवृत्तिमा रिजनल डेभलपमेन्ट प्लानिङमा पि.एचडी गर्न दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा गए । २०४२ सालमा उनले “The Nature of Underdevelopment and Regional Structure of Nepal” विषयमा विद्यावारिधी शोधग्रन्थ पूरा गरेर आफ्नो लामो शैक्षिक यात्रालाई औपचारिक रुपले विराम दिए ।

१०. उपेन्द्र यादव
सप्तरीको मोहन नि.मा.वि.मा यादवले प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा सम्म अध्यान गरे पछी यादव धरानको हात्तीसार क्याम्पस भर्ना भए । त्यहाँबाट आईएस्सी गरेपछि उहाँले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तर सम्मको पढाइ गरका छन ।

११.विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा प्रखर बक्ता र युवा मन भएका नेता हुन् । हालसालै नेपाली कांग्रेसका प्रबक्ता रहेका शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। नेपाली कांग्रेस पार्टी भित्र युवाले नेतृत्व लिनुपर्छ भनेर अभियान चलाउने शर्मा कांग्रेस कार्यकर्ताको प्रिय नेता हुन् । शर्माले स्नाकोत्तर सम्मको अध्यन गरेका छन ।

१२. गगन कुमार थापा
नेपाली कांग्रेसका प्रखर वक्ता एवं युवा नेता गगन थापाले दश कक्षा सम्मको पढाइ सिद्धार्थ बनस्थलीबाट गरेका हुन् । विद्यालय उमेरमा उनी डाक्टर- इन्जिनियर बन्ने सोंच राखका थिए तर २०४६ सालको आन्दोलनमा सक्रिय भएर लागेपछि उनलाई राजनीतिमा जाने सोच बनाएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनि मात्र ९ कक्षामा पढ्दथे । थापाले समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन । एक पटक स्वास्थ्य मन्त्रीसम्म बनीसकेका थापाले स्वस्थ क्षेत्रका धेरै कुराहरुमा सकारात्मक परिवर्तन ल्याएका छन् ।

१३. बामदेव गौतम
कडा मिजास स्वभाव भएका बामदेव गौतम तत्कालिन नेकपा नेकपा एमाले पार्टीको उपादक्ष्य सम्म रहेका छन । पटक पटक मन्त्री सम्म बनेका गौतमले एस. एल. सी सम्म मात्र पास गरेका छन ।

१४. डा. शसांक कोइराला
नेपाली कांग्रेस पार्टीका महामन्त्री कोइराला आखाका डाक्टर हुन् उनले MBBS र MD गरेका छन । बिपी कोइरालाका छोरा शसांकले पढाइमा जति चर्चा कमाएका छन त्यती राजनीतिमा चर्चा कमाउन सकेका छैनन्। बाबुको लिगेसीले कोइराला कांग्रेस भित्र लोकप्रिय छन ।

१५. महन्त ठाकुर
राजपाका सयोजक ठाकुरले स्नातक सम्म पास गरेका छन । निकैनै सालिन रुपमा प्रस्तुत हुने ठाकुर कुटनीतिक नेताका रुपमा चिनिन्छन । मधेशी समुदायमा लोकप्रिय रहेका उनी नेपाली, अंग्रेजी, मैथली, हिन्दि आदि भाषामा दक्खल राख्छन ।

१६. प्रदिप ज्ञावाली
एस. एल. सी सम्म मात्र औपचारिक सिक्षा लिएका ज्ञावाली तत्कालिन नेकपा एमाले पार्टीको सचिव सम्म भएका छन । नेपालका बौदिक नेताहरुमा पर्ने ज्ञावालीलाइ इतिहास, दर्शन, समाजशास्त्र र अर्थशास्त्रमा गहिरो ज्ञान राख्छन । उनले पंचायती शासनको बेलामा स्वाअध्यनमा बिताएका थिए ।

१७. प्रदिप गिरि

भारतको जवारलाल नेहरु विश्वविद्यालयमा दर्शन र अर्थशास्त्रमा विद्यावारिधी गरेका गिरि निकै नै अध्यनशिल वक्ति र राम्रा लेखक लेखाक पनि हुन् । बनारसमा रहदा साहितिक पत्रिकाको प्रकाशन गर्दै गर्दा राजनीति प्रति चाख जागेको कारण राजनीतिमा होमिएका थिए । उनि संग प्रजातान्त्रिक धारको मात्र हैन बामपन्थी थारको पनि गहिरो ज्ञान छ ।

१८. पम्फा भुसाल
नेपालका महिला नेत्रीहरुको अग्र स्थानमा पर्ने भुसालले स्नातक सम्म अध्यान गरेकी छिन। तत्कालिन नेकपा (माओवादी) पार्टीको पुर्व प्रबक्ता र पुर्वमन्त्री सम्म हुन । उनि राजनीति र संगठनमा निकै नै दक्खल राखने सक्ने नेत्रीको रुपमा लिइन्छ ।

१९. योगेस भट्टराई
विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन। नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो र राजनीतिमा सक्रिय भएर लाग्न थाले। भट्टराई नेकपा एमालेको सचिव जस्तो पदमा समेत काम गरेका छन। निक्कै अध्यनशील र सामुहिक राजनीतिमा बिस्वास राख्ने भट्टराई युवा पुस्ताले मन पराएका नेता हुन् ।

२०. जनार्दन शर्मा
खरो स्वाभाव र परिणाममुखी काम गर्ने नेर्ता जनार्दन शर्माले उर्जा मन्त्री हुँदा चलाएको उज्यालो अभियान निकै नै चर्चित र सफल अभिनय हो । नेपालमा लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेका शर्मा पूर्व माओवादी सेनाका डेप्यूटी कमान्डर पनि थिए । शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा हक्की स्वभावका रहेका छन ।

२१. लालबाबु पण्डित
नौ वर्ष उमेरमा कक्षा ६ मा भर्ना भएका लालबाबु पण्डित एस.एल. सी पछी पण्डित मेडिकल क्षेत्रमा जान चाहन्थे तर बिभिन्न कारणले उनले इन्जिनियरिङ्ग अध्यन गरेका थिए। सामान्य प्रसासन मन्त्री रहदा गरेको लोकप्रिय कामको कारण सबैले उनलाइ मन पराएका नेता हुन ।

२२. रबिन्द्र अधिकारी
मुलुकमा आर्थिक सम्वृद्धि कसरि ल्याउन सकिन्छ भनेर कलमचलाई रहने पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी निक्कै नै आशा लाग्दा मन्त्रीमा पर्दछन।अधिकारिले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन पेशा गरेका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ।

२३. रबिन्द्र मिश्र
विवेकशिल साझा पार्टीका संयोजन तथा पुर्व पत्रकार रबिन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी, पञ्जाव विश्वविद्यालयबाट पत्रकारिता र लन्डन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन। बिबिसी नेपाली सेवाको पूर्व प्रमुख समेत रहेका मिश्र कल्याणकारी राजनीतिमा बिस्वास गर्छन ।

२४. रामबहादुर थापा (बादल)
पिता कर्णबहादुर र माता नन्दकुमारीका जेठा छोराका रुपमा २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मनुभएका थापाले रामपुर कृषि क्याम्पसबाट बिएस्सीएजी सम्मको पढाइ सकी इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । तर नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर स्वदेश फर्किए लगत्तै भूमिगत राजनीतिमा होमिएका थिए। माओवादीका एक कुसल नेताका रुपमा चिनिने थापा हाल गृहमन्त्री छन ।

२५. कमल थापा
राजतन्त्र फर्कनु पर्छ भन्ने पक्षमा राजनीति गर्ने कमल थापा प्रखर वक्ता र कुनै समयका टेबलटेनिस कुसल खेलाडी पनि हुन । यति मात्र हैन उनि नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन, उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए, कमल थापा राजा ज्ञानेन्द्रको पालामा श्री ५ को सरकारका तर्फबाट गृह मन्त्रि थिए। उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।

२६. चित्रबहादुर केशी
१९९७ मा बाग्लुङमा जन्मनु भएको चित्र बहादुर केशी राष्ट्रिय जनमोर्चाको अध्यक्ष हुन् । एस. एस. सीको परिक्षा सकिएपछी गाउमा नै गएर पढाउन सुरु गरेका केशी विद्यालयको प्रधानअध्यापक सम्म पनि भए । उनले त्रिचन्द्र कलेजमा आइ.ए सम्म पढेका थिए । आइ.ए सकिए पछी पद्मोदय विद्यालयमा एक वर्ष फेरी अध्यापन पेशा गरे । ग्राजुएसनको लागि नेसनल कलेजमा भर्ना गरेतापनि राजनीतिक र पारिवारिक ब्यबस्था मिलाउन पढाइ छाडेका थिए । केशीले नै राजनीतिमा लगाएका वा राजनीतिक प्रसिक्षण दिएका नेताहरुमा बाबुराम भट्टराई, देव गुरुङ,देबेन्द्र पौडेल, डोप बहादुर रायमाझी, झलनाथ खनाल लगायत पर्दछन। संगीयताको बिरोधिको नेता केशी नेताहरुको पनि गुरु हुन् ।

२७. बिजयकुमार गच्छदार
इतिहासमा स्नातकोत्तर गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका थिए । विशेष गरेर तराइको मुद्दालाइ लिएर राजनीति गर्ने गच्छदार २०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बनि सकेका छन । २०४८ सालमा सञ्चार राज्यमन्त्री, ०५२ निर्माण तथा यातायात मन्त्री, ०५४ निर्माण तथा यातायात मन्त्री, ०५५ निर्माण तथा यातायात मन्त्री, ०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री, ०५६ जलस्रोत मन्त्री, ०५८ जलस्रोत मन्त्री, ०६५ भौतिक योजना तथा निर्माण मन्त्री, ०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री, ०६८ उपप्रधान तथा गृहमन्त्री, ०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, ०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री भएका थिए।

२८. नारायणमान बिजुक्छे
बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन्। माता पिताको एघार सन्तान (पाँच भाइ, छ दिदी-बहिनी) मध्ये उनी जेठा हुन्। नले भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढे। युवा अवस्थामै सक्रिय राजनीतिमा होमिएका बिजुक्छेले औपचारिक शिक्षाको रुपमा मानविकी शास्त्रको स्नातक परीक्षामा सम्मिलित भए तर स्नातक पुरा गरेनन्। राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषयमा उनको चाख भएकाले उनले यी दुवै विषयमा अध्ययन गरे। करिव १ दर्जन पुस्तक लेखेका बिजुक्छेले ‘हरिबहादुर श्रेष्ठ’ उपनाममा लेखहरू लेख्ने गर्दछन्।

२९. प्रकासमान सिंह
नेपाली कांगेसका महामन्त्री प्रकासमान सिंह नेपाली कांग्रेसको सस्थापक नेता गणेशमानका छोरा हुन् । उनले वाणिज्यशास्त्रमा स्नातकोत्तर सम्मको औपचारिक अध्यन गरेका छन। सिंहले जनसङ्ख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालि सकेका छन।

३०. नारायणकाजी श्रेष्ठ
श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा पनि पत्रकार सम्मेलनबाटै फरक मत राख्ने ब्यक्ति हुन् । स्नातकोतर तह सम्म अध्यन गरेका नारायण काजी श्रेष्ठले आफ्ना कुरा अडिगरुपमा सँधै स्पष्टरुपमा राख्छन्, सार्वजनिकरुपमै राख्छ ।


Loading comments...