घाँस काट्ने खुर्केर का गायकको निधन


घाँस काट्ने खुर्केर आयो जोबन हुर्केर कसलाई दिँउ यो जोबन

मह जोडीको भकुण्डे भूत एउटा कमेडी थ्रिलर टेलीसिरियल थियो, त्यो बेला । जब त्यस सिरियलका भूत यो घाँस काट्ने खुर्के आयो जोबन हुर्केर गर्दै पर्दामा आँउथे तब धेरैको मन डरले चिसो हुन्थ्यो । महका टेलीसिरियल र यो गीतको साथमा धेरै नेपाली मन अनि एउटा नेपाली पुस्ता नै हुर्केको छ ।
यस्ता गीतहरु अनि नेपाली संवेदनाको टुक्राटाक्रीलाई गीत मार्फत व्यक्त गर्ने एकजना गायक छन्, बुद्धिकृष्ण लामीछाने । गएका एक दशक बाट प्यारालाइसीस भएर थला परेका यि गायकको बिसं २०७५ पौष १३ गते अपराहन्नमा निधन भएको छ ।

बुद्धि कृष्णका केही अजम्मरी गीतहरु छन् जस्तै रेखा शाह संग उन्ले गाएका साइली र माईली अनि फाटेको दौरा लाएर जस्ता अजम्मरी गीतहरु ले सदासर्वदा नेपाली संगीतमा उन्को उपस्थिती वयान गरिनै रहन्छन् ।
बिदेश गएकी आमाले छोराको संझना गर्दाका गीत पिढीमा बसेर मेरो बाटो हेरेर भन्ने उन्को उनको गीतले त अहिले पनि बिदेश जाने र घरमा बस्ने तिनका आमा सबैलाई आँशु झार्ने बनाइदिन्छ ।
उन्का गीतहरुमा झर्रा लोकगीतका गन्ध हुने गर्दथे । आर्थिक अवस्था कमजोर भएका यी गायक पछिल्ला समयमा राम्रो उपचार हुन नपाइ वितेका पनि बिभिन्न गायक अनि संगीतकर्मीहरु ले भनेंका छन् ।

गाई त बाँध्ने पातको दाम्लो
बाखरी बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ?

यस्ता बहुतै मिठा मिठा गीत गाउने गायकले आज संसार छाडेर गएका छन् । उनको आत्मालाई बैकुण्ठ प्राप्त होस् अनि परमेश्वरले उन्लाई आफूमा समाहित गरुन ।
आफूलाई एउटा किसानको छोराका रुपमा चिनाँउदै आएका यी गायकले आफूले गोठाले गायक नै भन्थे । उन्का गीतमा गाँउको त्यो आभाष छ जुन गन्धमा नेपाली परिवेश लुटपुटिएको छ ।
नेपाली संगीतले उन्का गीतलाई कालान्तर सम्म सझंना गर्नेछ ।
लामिछानेका २ छोरा छन् ।

लाईभमाण्डु


Loading comments...