भागवत गीताका पाँच बचनहरु


कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । तपाईलाई प्राय सुन्नु भएकै होला कि भागवत गीता जिन्दगीका महत्वपुर्ण सार हो । अर्जुनलाई महाभारतामा श्रीकृष्ण भगवानले उपदेश दिएका थिए, जसको कारण कुरु क्षेत्रको त्यो युद्ध जित्न सहज भएको थियो । त्यो समयमा भनिएका कुराहरु भएतापनि त्यसको असर आज हाम्रो दैनिक जीवनको लागि निकै महत्वपुर्ण छ ।

भागवत गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो भन्दै कृष्णले उपदेश दिएका थिए । । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । गीतामा जिन्दगीका हरेक अनुभवको बारेमा पुर्ण रुपमा व्याख्या गरिएको छ । गीताका बचनहरु निकै महत्वपुर्ण र जिवन उपयोगी छन, जसमध्ये आज महत्वपुर्ण ५ बचनको बारेमा जानकारी लिउ जुन तपाईको जिवनको हरेक मोडमा उपयोगी साबित बन्न सक्छन् ।

१) निश्चित कुरामा दुख मान्न व्यर्थ छ
यो सृष्टिको संरचना यसप्रकार छ कि यहाँ कोही अमर छैन । जन्म र मुत्यु जिवनको एउटा अभिन्न पक्ष हो त्यसैले मृत्यु निश्चित भएको हुनाले यस कुरामा दुख मान्नुको कुनै अर्थ हुदैन ।

२) यि तिन कुराले नर्कको ढोका खुलाउछन्
गीतामा उल्लेख गरिए अनुसार बास्ना, रिस र लोभले मानिसलाई नर्कतर्फ धकेल्दछ । यदि तपाई खुस िरहन चाहानुहुन्छ भने यि तिन कुराहरुबाट ठाढा बस्नु पर्दछ ।

३) समाजको सधै भलाई गर्नुहोस
समाजमा जन्म लिइसके पछि समाजको लागि केही योगदान गर्न जरुरी हुन्छ । बिना स्वर्थ समाजको हितको लागि काम गर्नुपर्दछ ।


४) शंका गर्ने व्यक्ति खुसी हुदैन्न्
गीताको उपदेशमा यो कुरा उल्लेख गरिएको छ कि, जो ब्यक्ति बिना कारण कसैलाई शंका गर्दछ त्यो व्यक्ति कहिल्यै खुसी हुन सक्दैन । शकांले सम्बन्धमा असन्तुलन पैदा गर्दछ ।


५) भगवानको सम्झना गर्ने व्यक्तिले भगवानको साथ पाँउछ
यदि मानवले भगवानको भत्ति गर्दछ भने उसले भगवानको अवस्य साथ पाँउदछ । जसले मर्ने समयमा भगवानलाई सम्झन्छ, उसले भगवानकोको ठाँउमा स्थान पाउँछ ।


Loading comments...