Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

नमस्ते नेपालको लागुु औषध तथा महिला हिंसा विरुद्धको महाअभियान जारी

१५ पुष २०७५, आईतवार ११:१२


बुटवल । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत शुुक्रबार न्यूू होराइजन कलेज ड्राइभर टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । देशका कर्णधार युवाहरु कुलत र हिंसामा संलग्न हुँदा देशको शान्ति,सुरक्षा र विकासमा असर पर्ने निश्कर्ष निकाल्दै युवालाई सचेत गराउने उद्देश्यले सो महाअभियान शुुरु गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए । यस अघि बुटवल स्थित अक्सफोर्ड कलेज र तिलोत्तमा स्थित न्यूलाइट कलेजमा सम्पन्न महाअभियानको तस्रो साता न्यूू होराइजनमा प्रशिक्षण गरिएको हो ।

महाअभियानले ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । विशेषगरी प्लस टू अध्ययन गर्ने विद्यार्थीहरु कुलतमा बढी फस्ने सम्भावना हुने रहेको बताउँदै सोही अनुसार कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई लागुऔषध सेवन र महिला हिंसा विरुद्ध प्रशिक्षण अभियान सञ्चालन गरेको संस्थाका सचिव सरोज खनालले बताए । वडा प्रहरी कार्यालय बुटवलको समन्वयमा भएको कार्यक्रममा सोही वडाका इन्सपेक्टर हेम के.सी.ले प्रशिक्षण गरेका थिए । तीन सय बढी विद्यार्थी सहभागी प्रशिक्षण कार्यक्रममा उनले लागुऔषध दुु्रव्यशनको परिचय र यसका असरबारे सचेतना गराउँदै विद्यार्थीहरु सजग रहँदै अरुलाई पनि सचेत गर्न आग्रह गरे । तयसैगरी महिला हिंसा मात्र नभई सबै प्रकारका हिंसा बढेको बताउँदै उनले न्यूनिकरणमा सबैको सक्रियता र सहकार्य आवश्यक रहने बताए । संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता , वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर हेम के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका सहायक प्राचार्य गोपाल आचार्य,संयोजकद्वय इन्द्र भुुषाल र पशुपति चौधरी , पत्रकार एन.बी.कंडेल लगाएतले बोल्दै युुवा लक्षित कार्यक्रमको सफलताको शुुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक निराजन खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान

मलेखु, १५ पुस  : तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्र्यो । जमिन चिरा पर्र्यो । घर

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका