
सन्दीप लामिछानेले अष्ट्रेलियामा पनि गीत गाउँदै देखाए प्रतिभा , मेलबर्नले उत्साहित हुदै पोष्ट गरे भिडियो
१५ पुष २०७५, आईतवार १२:०१
काठमाडौँ- विश्वका विभिन्न क्रिकेट लिगहरुमा पछिल्लो समय जमिरहेका सन्दिप लामिछानेले अस्ट्रेलियन लिग बिग ब्याशमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अष्ट्रेलियाको बिग ब्यास लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै सन्दिप मेलबर्न स्टार्स क्लबमा अनुबन्धित भएका थिए।
क्रिकेट खेल्ने मात्र नभई सङ्गीतमा पनि रूची राख्ने सन्दिपले सांगेतिक एल्बम पनि निकालिसकेका छन्। मेलबर्नबाट बिग ब्यास खेलिरहेका सन्दिपमा सङ्गीत प्रति भएको रुची दर्शाउने एक भिडियो मेलबर्नले फेसबुकमा पोष्ट गरेको छ।
अस्ट्रेलियन क्रिकेट खेलाडी डैनियलसँग भिडियोमा सन्दिप सङ्गीत बारे गफ्फिंदै गरेको देखिन्छ। कस्तो सङ्गीत मन पर्छ भन्दै डैनियलले सोधेको प्रश्नमा सन्दिप भन्छन्,” मलाई माधुर्य सङ्गीत मन पर्छ।” सिधै मन छुने सङ्गीतहरु मन पर्ने बताउँदै सन्दिप रोमान्टिक गीतहरु तर्फ इंकित गर्दै गरेको भिडियोमा देखिन्छ।
“यो झरीमा” गाउँदै गरेको पनि भिडियोमा देखिन्छ। आफ्नो गीतको बारेमा डैनियललाई बुजाउँदै गर्दै डैनियलले “छोडेर जान” म्युजिक भिडियो बारे कुरा निकाल्दा सन्दिप मज्जाले हाँसेको भिडियोमा देखिन्छ।
मेलबर्नले फेसबुकमा पोष्ट गरेको भिडियोमा सङ्गीत प्रतिको रूची बारे यी दुईले आफ्नो-आफ्नो धारणा राखेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका
काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ