lekhnath paudyal

आज कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औ जन्मदिन


सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

अर्जुन भण्डारी
अर्जुन भण्डारी

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।   (कविता नैतिक दृष्टान्त)

नेपाली साहित्य क्षेत्रका छन्दोबद्ध कविताका थालनीकर्ता प्रतिष्ठीत साहित्यकार कवि शिरोमणि लेखनाथ पौड्यालको आज १३५ औ जन्मदिन हो । सहित्य क्षेत्रमा ठुलो योगदान पुर्याएका कवि शिरोमणी कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिकाको अघौँ अर्चले भन्ने स्थानमा जन्म भएको थियो । हाल उनको घर भएको स्थानमा लेखनाथ संग्रहालय निमार्ण गरिएको छ । उनकै नामबाट उनी जन्मेको नगरपालिकालाइ नामाकारण पनि गरिएको थियो । यो नेपालको सहित्यकारको नाममा नामाकरण गरिएको एक मात्र नगरपालिका हो ।

वि.सं. १९४१ पौष १५ गते शुक्ल एकादशीको दिनमा जन्मिएका साहित्य क्षेत्रका महारथी पौड्याललाइ वि.सं. २००८ सालमा नै उनको साहित्य प्रति योेगदानको कदर गर्दै तत्कालिन महाराज श्री ५ त्रिभुवन विरविक्रम शाह देवले कवि शिरोमणिको उपाधी प्रदान गर्नुभएको थियो । उनको साहित्य प्रतिको योगदानको कदर गर्दै वि.सं. २०११ सालमा काठमाण्डौमा भब्य रथयात्रा पनि आयोजना गरिएको थियो । त्यसै रथयात्राको क्रममा कविविर सिद्धिचरण श्रेष्ठको समितिले उनलाई सार्वजनिक अभिनन्दन पनि गरेको थियो ।

आफ्नो प्राथमिक तहको संस्कृत अध्ययन सकेर उनी १५ बर्षको उमेरमा काठमाण्डौ आएका थिए । करिव ३ बर्षको बसोवास पश्चात् उनी आफ्नो पढाइलाइ निरन्तरता दिन बनारसतिर प्रस्थान गरेका थिए । उनी १८ बर्षको हुँदा ‘शक्तिसुधा’ र ‘कविता कल्पद्रुम’ नेपाली र हिन्दी भाषमा प्रकाशित भएका थिए । उनको यो उल्लेख्य रचनाको कदर गर्दै पौड्याललाइ विभिन्न हिन्दी पत्रिकाहरुले सम्मान पनि गरेका थिए ।

बनारस वाट फिर्ति भएपछि केहि समय उनी तराइको वरिपुरमा गए । केहि समयको तराइ बसोवास पछि उनी पुन काठमाण्डौ नै आए । केहि समय काठमाण्डौ बसोबास पछि उनी राणा शासक भिमशमशेरको नातीलाइ पढाउने काम पाए । त्यसै बेला उनका रचित कविता भिमशमशेरले निकै उचाएका थिए ।

वि.सं. १९६१ मा श्रीमतीको मृत्यु पश्चात उनी योग बन्ने मनशायले मुग्लान सम्म पुगे उनलाइ त्यहाँको गुरु स्वर्गद्धारीले उनलाइ सम्झाएपछि उनी योगी बन्ने सोच बदलेका थिए । उनी त्यहाँ बाट फर्किएपछि पुन रचनाकार्यमा तल्लिन भएका थिए ।

लेखनाथ संग्रहालय
लेखनाथ संग्रहालय

उनको रचनाको सम्मान गर्दै राजा त्रिभुवनले कविशिरोमणी उपाधीको साथै मासिक रुपैया २०० आजिवन भत्ता पनि दिने निर्णय गरिएको थियो । वि.संं. २०२२ सालमा बनारस जाने क्रममा विरामी भएपछि नेपाल फर्किएका पौड्यालको २०२२ साल फागुन ७ गते शिवरात्रीको दिनमा ८२ बर्षको उमेर चितवनको देवघाटमा मृत्यु भएको थियो । उनको मृत्यु पश्चात वि.सं. २०२६ सालमा पज्ञा प्रतिष्ठानले प्रज्ञा पुरस्कार प्रदान गरेको थियो ।

साहित्य क्षेत्रका अग्रणी पौड्याललाइ आज पनि हामी स्मरण गर्दछौं । उनका लेख तथा रचनाहरु आज पनि नविन जस्ता लाग्दछन । उनले धेरै कृतिहरुको रचना गरेका थिए । ती मध्ये ‘सत्यकाली सम्बाद’, ‘बुद्धी विनोद’, ‘तरुण तपसी’, ‘गौरी गंगा’, ‘सुक्रिसिन्धु’, ‘ऋतुविचार’, ‘लालित्य’ तथा ‘सत्यकालि सम्बादलाइ’ विशेष महत्वको रुपमा लिइने गरिएको छ । उनको राणाकालमा गरिएको रचना ‘पिंजडाको सुगा’ निकै चर्चामा रहेको थियो । उक्त रचनामा कवि पौड्यालले जनताहरुलाइ ‘पिँजडाको सुगा’ भनि स्थापित गरेका थिए र उनले जनताहरुको छुटकाराको लागि आवह्वान पनि गरेका थिए ।

 


Loading comments...