
प्रज्ञार्थी शिक्षकहरुको नेतृत्वमा ‘क्षितिज सिकाइ मेला २’
१५ पुष २०७५, आईतवार १९:२४
सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला’ आयोजना हुने भएको छ। टिच फर नेपालका प्रज्ञार्थी शिक्षक (फेलो)हरुको नेतृत्वमा हुन गइरहेको उक्त शैक्षिक मेला पुस २७ गते हुँदैछ। यो मेलाको दोस्रो संस्करण हो।
सिन्धुपाल्चोकको भोताङ ३ स्थित श्री भोताङदेवी माध्यमिक विद्यालयमा हुने कार्यक्रममा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त आयोजना रहनेछ। ‘विज्ञान, प्रविधि र कलाको प्रवर्द्धन, हामी सबैको सम्बोधन’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सिकाइ मेलाको उदेश्य शैक्षिक स्थितिको सुधार एवम् प्रवर्द्धन गर्नु रहेको प्रज्ञार्थी मिङ्मा तेन्जिङ केसीले बताए। भने,’मेलामा शिक्षा सम्बन्धी सम्पूर्ण परामर्श उपलब्ध गराउने छौं।’
कार्यक्रममा विद्यार्थीहरुका लागि उच्च शिक्षाको निमित्त परामर्श सेवा, कार्यरत शिक्षकहरुको सशक्तीकरण र विद्यार्थीहरुको सिकाइ प्रक्रिया विकासको निम्ति आवश्यक तयारी, स्थानीय जन प्रतिनिधिहरुमा शिक्षाको अवस्था प्रकाश पार्ने आदि कार्यक्रम रहेका छन्।
यसअघि २०७४ सालमा श्री रैथाने माध्यमिक विद्यालयमा मेलाको पहिलो संस्करण आयोजना भएको थियो। जहाँ १,४७० जनाको सहभागिता रहेको टिच फर नेपालले जनाएको छ। यस वर्षको मेलामा पाँचपोखरी गाउँपालिकाको १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउने बताइएको छ।
मेलामार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिने र शैक्षिक क्षेत्रमा कसरी सुधार गर्न सकिने रहेछ भन्ने विषयमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै