Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

“कलाकारलाई बेइज्जत गर्न पाईंदैन” भन्दै चितवनको कार्यक्रम हलमैं उर्लिए युवा

१६ पुष २०७५, सोमबार ००:०६

लोकप्रिय

यही २०७५ पौष १४ गते शनिबार नारायणगढ स्थित नारायणी कला मन्दिरमा चितवन ग्रीन लियो क्लबद्वारा आयोजित चितवन ग्रीन साँझ २०७५ मा कार्यक्रमका दौरान सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आवद्ध नेपालमा अहिले चर्चाको शिखरमा रहेका नेप-ग्याजम स्ट्याण्ड-अप कमेडीका समूह चर्चित हाँस्य कलाकार लेखमणि त्रितालको प्रस्तुतिको क्रममा त्यहाँ उपस्थित एक जना दर्शकको अनावश्यक अवरोधका कारण कलाकार त्रितालले आफ्नो प्रस्तुति रोक्नुपरेको थियो ।

https://youtu.be/wf9crBDcCEo

“कलाकारको अपमान गर्न पाइदैन” भन्दै हलमा उपस्थित नेप-ग्याजम तथा कलाकार त्रिताललाई माया गर्ने सयौं दर्शकहरुले कार्यक्रमको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रम अवरुद्ध गर्ने नियतले विरोध गर्ने उक्त व्यक्तिले स्टेजमा उभिएर माफि नमागेसम्म कार्यक्रम अघि नबढ्ने अडान दर्शकले लिएपछि उक्त ब्यक्ति स्टेजमा उभीएर, “तपाईहरुको यस स्ट्याण्डअप कमेडीको फ्यान फलोइङ चितवनमा यस्तो रैछ मलाई थाहा भएन म सरी भन्न चाहन्छु मेरो कारण कार्यक्रममा पर्न गएको असुविधाका लागि माफी” भन्दै आफ्नो गल्ती स्वीकार गरे त्यस क्रममा उनले सबैले बुझ्ने गरी नेपाली र अंग्रेजी दुबै भाषामा माफी मागेका थिए । साथै “अहिले नेपाली हाँस्य कार्यक्रमको स्तर निकै नै माथि आएको रहेछ” भन्ने अभिव्यक्ति पनि दिएर बिदा मागे । त्यस पश्चात बल्ल उपस्थित दर्शकले कार्यक्रम पुनः अघि बढाउन दिएका थिए ।

उक्त कार्यक्रममा नेप-ग्याजमका तिन जना चर्चित हाँस्य कलाकारहरु डोरेश खतिवडा, सरोज भण्डारी र लेखमणी त्रितालको प्रस्तुति रहेको थियो । नेप-ग्याजमले पछिल्लो समय यूट्यूब च्यानल मार्फत् स्तरीय हास्य सामाग्री पस्किदै आएको छ भने यूट्यूबमा राखिएका स्ट्याण्ड अप कमेडी सामाग्रीबाट रमेश अंकलको छोरो र तरिका हो भन्ने पात्र देश विदेशका नेपाली युवाहरुबिच स्थापित पात्र बनिसकेको छ ।

तस्बिर श्रोतः कलाकार डोरेस खतिवडाको फेसबुक पेजबाट

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा