new year

सन् २०१८ फर्केर हेर्दा


सन् २०१८ लाई बिदा गर्दै हात हल्लाएर अब सन् २०१९ लाई सुस्वागत गर्ने समय आएको छ । हरेक वर्षले केही न केही कुरा सिकाएर जान्छ अनि दिएर लिएर केही हिसाब बिगारेर या बनाएर जान्छ, हैन र ?

आउनुहोस् आज लाईभमाण्डुमा गत वर्ष अर्थात सन् २०१८ को पूनरावलोकन गरौं ।

गत वर्षको जनवरी महिनामा एउटा कुराले निकै चर्चा पायो । उत्तर कोरियाली नेता किम जगं उनले आफ्नो टेबल मुनि न्यूक्लीयर हतियारको बटन रहेको र शस्त्रुहरुलाई सजग रहन बताएसंगै अमेरिकी रास्ट्रपति ट्र्रम्पको त्यस्तै भनाई अनि भनाभैरीले गत जनवरी महिनामा निकै चर्चा पाएको थियो ।

उता फेब्रवरीमा भनें उत्तर कोरियाकै राजधानी प्योङयाङमा हिँउद खेलकुद अर्थात विन्टर गेम्स भएको थियो । यसवर्षको अचम्मको उपलब्धी भनेंको उत्तर कोरिया र अमेरिका बिचको सम्बन्ध पनि भन्न सकिन्छ, जनवरीमा कडाईका साथ भनाभैरी चलेका रास्ट्रपतिहरु क्रमश अब दौतरी खाले सम्बन्धमा आइपुगेको बताइन्छ । विश्व शान्तिमा यो निकै ठूलो उपलब्धी हो ।

फेब्रअरी महिनामै क्यूबाका ६ दशक लामो शाषक फेडरल क्यास्ट्रोले सत्ता छाडेका हुन् । विश्व समुदायका लागि क्यास्ट्रो जस्ता खरो नेताले यसरी सरक्क शाषनको डोर छाड्नु अचम्मकै कुरा थियो ।

उता मार्च महिनाको १८ तारिखमा रुसमा चौथौं कार्यकालका लागि राष्ट्रपती पुटिन पून निर्वाचीत भए ।

मे को १५ तारिखमा ईराकी जनताले धेरै पछि मतदान गरे । ईराकमा ईस्लामीक स्टेटको पराजय पछि प्रादेशिक र संसदिय मतदान सन् २०१७ मा गराइएको हो । मे महिनाको १९ तारिखमा विश्व हल्लाउने बिवाह वेलायती राजकुमार ह्यारी र उन्की प्रेमीका मेगन मारक्ले बिच भएको थियो ।

फेरि रुस मा नै जुलाई महिनाको १५ तारिखमा विश्व कप फुटवलको फाइनल गेम भयो । जुनको १४ वाट शुरु यो विश्वकप जुलाईको १५ मा सकिएको थियो र यस वर्षको विश्वकप विजेता राष्ट्र फ्रान्स भएको छ । यता नेपालमा भनें सन् २०१८ मा बिभिन्न सामाजिक एवं राजनैतिक घटनाक्रमका आरोह अवरोह चलिरहे । वाइड बडी बिमान खरिद प्रकरणको भ्रष्टाचार देखि श्रावण ११ अर्थात जुलाई २७ मा भएको कैलालीकी चेली निर्मलाको बलात्कार र हत्या प्रकरण यस वर्ष निकै चर्चामा रहे ।

निर्मलाको हत्यारा आजसम्म पनि पत्ता लगाउन नसकिँदा नेपालको न्यायीक प्रणाली र बिधीको शाषन माथि नै प्रश्न चिह्न उठेको छ ।

उता विश्व सुन्दरी प्रतियोगीतामा श्रृखला खतिवडाको समर्थन र भोटको क्रेज देखि अन्य सुन्दरी प्रतियोगीतामा नेपाली चेलीहरुले गरेका सहभागीताले यस वर्ष देशमा निकै चर्चा पायो ।

उता विश्व शारीरीक सुगठन प्रतियोगीतामा स्वर्ण पदक पाउने नेपालका महेश महर्जनले सबैको शिर उचो राखे । उन्को पदक समारोहमा भनें नेपालको पुरानै राष्ट्र गीत बजाइएको प्रकरणले पनि केही चर्चा पायो ।

नेपाली काँग्रेसको स्थाही समितीको निर्णयले हिन्दु राज्यको प्रस्ताव ल्याएको कुराले पनि पछिल्ला दिनमा निकै चर्चा बटुलेको छ । प्रधानमन्त्री के. पी. शर्मा ओली यस वर्ष पनि नेपाली मिडियामा छाई नै रहे । उन्का अभिव्यक्ति देखि अडान अनि पछिल्लो समयमा ईसाई धर्म उन्मुख कार्यक्रमको आयोजना र उनको त्यस कार्य प्रतिको लगावले सरकार र दुई तिहाई बहुमतलाई नै कहिल्यै नबिलाउने दाग लागेको छ ।

बिकासका कुरामा यस वर्ष भुकम्पले लडाएको धरहराको शिलान्यास गरिएको छ अनि नेपाली गाँउ शहरहरुमा बिकास अनि बाटो बनाउने कामले तिव्रता पाएको छ । स्वर्गीय कृष्ण प्रसाद भट्टराईको पाला देखिको मेलम्चीको खानेपानीको महासपना यस वर्ष पनि काठमाडौ उपत्यकाले चाख्न पाएन् । मेलम्ची अब झनै पर धकेलिएको अनि ठेकदार कम्पनी भागेको टिकाटिप्पणीहरु यस वर्ष निकै चर्चामा छन् ।

नेपालमा यस वर्ष बाट नयाँ धारको अन्तराष्ट्रिय सांगीतिक रियालिटी टिभी कार्यक्रम द भ्वाईस अफ नेपाल पनि शुरु गरियो । उता गत वर्षवाट गरिएको कार्यक्रम नेपाल आइडल पनि यस वर्ष दोश्रो सिजनमा पुगेको छ । सि. डि. विजय अधिकारी द भ्वाइस अफ नेपाल बने भने रवि ओडले नेपाल आइडल को उपाधि हात पारे ।

विश्व परिपेक्ष्यमा अप्रिल महिनामा कमन वेल्थ गेम अष्ट्रेलीयामा आयोजना गरियो । अप्रिलमा अल्जेरियाको विमान दुर्घटनामा २५७ मान्छेहरुले ज्यान गुमाए । सन् १९५३ देखि उत्तर कोरियाली नेता र दक्षिण कोरियाली नेता बिच कुनै भेट घाट नभएको र डिमीलीटराइज जोनमा कुनै सद्भावपूर्ण भेटवार्ता नभएकोमा यस वर्ष उत्तर कोरियाली नेता किम जन उन र दक्षिण कोरियाली राष्ट्रपती बिच भेटघाट भएको छ । यस वर्षको यो एउटा सुनौलो उपलब्धी हो । वेलायत र फ्रान्सले अप्रिल महिनामै सिरियामा बम आक्रमण अझै तिब्र पारेका थिए, यस वर्षले पनि सिरिया, लिवीया, अफगानिस्तान र ईराकमा शान्ति दिन सकेन ।

अप्रिल  महिनामै साउदी आराबियामा प्रथम पटक सिनेमा घरमा बिदेशी चलचीत्र ब्लाक प्यान्थर हेर्न फुकुवा गरेको हो । तर पछि पत्रकार खगोशीको टर्कीमा सेप्टेम्बर महिनामा भएको हत्यामा साउदी अरबीया सरकार र राजपरिवारको संलग्नता लागेपछि साउदी अरबको उदारतामा यसै वर्ष ठूलो प्रश्न लागेको छ । त्यस्तै फेरि जुन महिनाको २४ तारिखमा साउदी अरबीयाले महिलाहरुलाई गाडी चलाउने अनुमती पनि दिएको यसै वर्ष बाट हो । जुलाई महिनामा अमेरिकी सरकार र फेसबुक बिच डाटा लिकका कुरामा निकै विवाद चुलिएको थियो । यस कारणले फेसबुकको शेयर पनि २० प्रतिशत सम्मले घटेको थियो । मार्क जुकरवर्गले आँफै सिनेटमा गएर स्पष्टीकरण पनि यसै वर्ष दिएका थिए ।

अगस्तको ७ मा संयूक्त राष्ट्रसंघले ईरानमा फेरि नाकाबन्दी सुचारु गर्ने निर्णय गर्यो । सेप्टेम्बरको २ मा ईण्डोनेशीया एसियन गेम्स शुरुवात गरियो तर नेपालको हकमा भनें एसियन गेम्समा निराशाजनक सहभागिता रह्यो ।

सेप्टेम्बर ६ मा भारतीय अदालतले समलींगी समबन्धलाई अपराधजन्य नभएको घोषणा गर्यो । अक्टोबर २३ मा हङकङ्गमा भएको विश्वकै सबैभन्दा ठूलो समुन्द्री पुल हङकङ्ग जुहाई मकाउ पुल चिनियाँ राष्ट्रपतीले उद्घाटन पनि गरे ।डिसेम्बर महिनाको २२ तारिखमा ईण्डोनेशीयामा आएको सुनामीले यस वर्षको अन्त्यमा सबैको ध्यान तानेको छ । हजारौंको ज्यान जानेगरि आएको सुनामी अनि त्यसका विध्वशंले अहिले ईण्डोनेशीया आक्रान्त छ । नेपालमा भनें ईण्डानेशीया मा भएको घटनामा परराष्ट्र मन्त्रालयले पठाएको विज्ञप्तीमा भएको लज्जास्पद गल्तीले अझै पनि निकै चर्चा पाइरहेको छ ।

उता यस वर्ष नेपालले लोकप्रीय गायक बुद्धिकृष्ण लामिछाने गुमायो । नेपाल आइडोल रवि ओडकी आमाको दुर्घटनामा भएको मृत्यू देखि बिभिन्न समयमा भएका सडक दुर्घटनामा सैयौं नेपालीले यस वर्ष ज्यान गुमाए । मार्भल स्टुडियोका जन्मदाता कमिक्सका महान हस्ती स्टान लीको मृत्यू ले विश्व चलचित्र प्रेमीलाई यसवर्ष निकै स्तव्ध बनायो । उता पूर्वअमेरिकी रास्ट्रपति जर्ज शव्लु वुशको निधन पनि यसै वर्ष भएको हो । विश्वप्रसिद्ध बैज्ञानिक स्टेफन हॉकिन्सको निधनले यस वर्ष निकै चर्चा परिचर्चा र श्रद्धांजलि पायो । भारतीय अनिनेत्रि श्रीदेवी को मृत्युले निकै शकां र चर्चा पाएको यस वर्षमा नेपाली पूर्व प्रधानमन्त्री तुलसी गिरीको मृत्युले पनि निकै चर्चा पाएको हो । संयूक्त राष् ट्रसंघका पूर्व प्रमुख कोफी अन्ना पनि यसै वर्ष वाट विश्ववाट बिदा भएका छन् ।
बिभिन्न आरोह अवरोह बिचको यस वर्ष सन् २०१८ लाई बिदा, सन् २०१९ लाई शुभकामना ।

-सुयोग ढकाल


Loading comments...