Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

अधुरो न्यायको बर्ष २०१८

१६ पुष २०७५, सोमबार १६:३५


२०१८ मा बिभिन्न खबरहरुले मिडियामा राम्रो स्थान पाए । प्रविधि, स्वास्थ्य, ग्याल्यामर, राजनितिका बिषयहरु सँगसगै यो बर्ष बढि गरिएको कुरामध्ये महिलाहिंसा बिरुद्धको अभियान मिटु अर्थात म पनि रह्यो । अमेरिकाबाट फैलिएको मिटुको अभियानले भारतामा निकै ठुलो रुप लियो । २०१७ को अक्टोबरदेखि सामाजिक सञ्जालमा सुरु भएको मिटु ह्यासट्याग अभियान अत्कर्षमा पुग्यो । महिलाहरुले आफुमाथि भएका यौन दुर्व्यवहार विरुद्ध आवाज उठउनका लागि शुरु गरेको मिटु अभियानले विश्वमा यतिवेला ठुलो अभियानको रुप लिएको छ ।

सामाजिक सञ्जालमा महिलाहरुले आफुमाथि भएको सबैखाले दुर्व्यवहारलाई सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यस अभियानमा चलचित्र, सञ्चार तथा राजनैतिक क्षेत्रका व्यक्तिहरु धेरै जोडिएका छन् । केही ठुला व्यक्तिहरुले आफुमाथि लगाएको मिटुको आरोपलाई स्वीकार्दै माफी समेत मागेका छन्, भने कोही मौन नै छन् । मिटु अभियानको विषय निकै गम्भिर बताउदै यसलाई अझ सशक्त रुपमा लैजानु पर्ने महिला पत्रकारहरुले बिशेष महत्व दिइरहेका छन् । बलिउडमा मिटुका् अभियान बढाउन अभिनेत्री तुन श्री दत्ताको भुमिका महत्वपुर्ण रहेको छ । उनले कलाकार नाना पाटेकरमाथि यौन र्दव्र्यवहारको आरोप लगाएपछि बलिउडमा उक्त अभियानले चर्को रुप लिन पुग्यो । नानमाथि तनुश्रीले प्रहरीमा रिपोर्टसमेत गरेकी थिइन् । १० वर्षअघिको विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेको यो खबरको पक्ष तथा विपक्षमा धेरैले मुख खोले । नाना पाटेकर, आलोकनाथ, साजद खान, कैलाश खेर, अनु मलिक जस्ता व्यक्तिहरुको यो अभियानमा नाम देख्नु निकै गम्भिर कुरा बनेको छ । साथै यसै अभियानलाई आधार बनाएर कयौ व्यक्तिको चरित्र हत्या समेत हुन थालेको छ ।

नेपालको सन्दर्भमा पनि  केशब स्थापितको नाम मिटु प्रकरणमा जोडिएको छ । काठमाण्डौको मेयर हुदाँको सममा स्थापितले कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । साउन १० गतेको निर्मलाको बलात्कार पछिको हत्याको घटनाले महिला हिंसाको अवस्था तथा न्यायकाका सन्दर्भमा कयौ प्रश्नहरु खडा गरेको छ । छिमेकी राष्ट्रमा बलात्कारीलाई मुत्युदण्डको सजायको कानुन बनिरहँदा हाम्रो देशमा दोषिलाई अदालतको कठघरामा उभ्याउन सकिएको छैन । घटनाको ५ महिना बितिसक्दा पनि दोषिको पहिचान हुन नसक्नु निकै दुखद प्रसङ्ग हो । घटनाको प्रकृति तथा अवस्थालाई हेर्दा दोषि पत्ता लगाउन सहज देखिए पनि प्रहरीबाटै प्रमाणहरु नष्ट गरियो । यस्तो गम्भिर घटनामा प्रहरी प्रशासनबाटै गैर जिम्मेवारी कार्यले गर्दा घटनालाई झन जटिल बनायो । घटनाको बिरोधमा न्याय प्राप्तकिो लागि उत्रिएका कयौ जनतामाथि नै आन्दोलन रोक्न सरकारद्धारा बल प्रयोग गरियो जसमा कयौ घाइते भए भने कति अझै पनि अस्पतालको शैयामा छन् । सामाजिक सञ्जाल मार्फत पनि बिभिन्न नाराहरु देखिए, सरकार भेटियो तर न्याय भेटिएन भन्ने तस्बिरहरुले समाजिक सञ्जालका भित्ताहरु रङ्गीए । अनुसन्धानका विभिन्न कुराहरु सुनिए , कयौ व्यक्तिका डि.एन.ए टेस्ट पनि गरियो तर अझै हत्यारा पत्ता लाग्न सकेको छैन । प्रधानमन्त्रिद्धारा बिदेशबाट अनुसन्धान कर्ता बोलाएर भएपनि हत्यारा पत्ता लगाउने धारणा व्यक्त गर्दै गर्दा देशको सुरक्षा व्यवस्थाको विश्वासमा प्रश्नचिन्ह खडा भएको छ ।

बर्ष २०१८ लाई बिधाई गर्दै गर्दा एउटा दुखद अनुभव युक्त वर्षको रुपमा सबै नेपालीहरुले लिएका छन् । आशा गरौ अबको वर्षमा यस प्रकारका घटनाहरु सुन्न नपाइयोस र हत्यारालाई सजायको लागि कठ्घरामा उभिएको सबैले देख्न पाऔ । हाम्रो सुरक्षा व्यवस्थाप्रति विश्वास गर्ने वातावरणको सिर्जना होस । निर्मलाहरु स्वतन्त्ररुपमा हिड्न मिल्ने वातावरणको होस ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,