
सडक महोत्सवमा दर्शकको घुइँचो बढ्दो
१६ पुष २०७५, सोमबार १५:३५
‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔं’ भन्ने मूलनाराका साथ जारी २० औं पोखरा सडक महोत्सवमा अवलोकन कर्ताहरुको घुँइचो बाक्लिँदै गएको छ । महोत्सव तेश्रो दिन सम्ममा सडकमा महोत्सव अवलोकनकर्ताहरुको निकै भिड देखिएको छ ।
महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि दर्शकले भरिएको छ । आइतबार तमुहरुको पर्व ल्होसरको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएका कारण पनि ल्होसर मनाइसकेकाहरु त्यसपछि सडक महोत्सवतिर आउँदा दर्शकहरुको उपस्थिती बाक्लिएको हो ।
महोत्सवमा आइतबार प्रजापति पराजुली, प्रिति आले, जीवन दाहाल, राजन कार्की, प्रेमराज अधिकारी, शिवहरी ढुंगाना र लक्ष्मी नेपालीको लोकदोहोरी प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो भने भद्रगोलका जिग्री बोरो र पाँडेले दर्शकहरुलाई पेट मिचि मिचि हँसाउन सफल भए ।
लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएका छन् । त्यसैगरि सडक महोत्सवको अवसर पारी विभिन्न रेष्टुरेण्टहरुले पनि आ–आफ्नैं कार्यक्रमहरु गरेका छन् ।
रेष्टुरेन्ट एण्ड बार एसोशिएसन रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा संचालन भइरहेको पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिवार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सवमा सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु हुने खेलकुद संयोजकले जानकारी दिनुभयो ।
लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएका छन् । त्यसैगरि सडक महोत्सवको अवसर पारि विभिन्न रेष्टुरेण्टहरुले पनि आ–आफ्नैं कार्यक्रमहरु गरेका छन् । महोत्सव पौष १७ गते सम्म संचलान हुने छ ।
तस्विरः २० औं सडक महोत्सवको फेसवुकवालबाट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा