Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार
Tharu mohotsab

सुनसरीमा १० दिने थारु महोत्सव

१६ पुष २०७५, सोमबार १५:४८


झुम्का बजारमा थारु महिला सभाबाट १० दिने माघी महोत्सव हुने पूर्व देखि पश्चिमका समुदाय तथा तराई देखि पहाड सम्म जाडो महिनामा मनाउने एक मात्र पर्व माघी पर्वलाई थारु महिला सभा रामधुनीले भव्य रुपमा मनाउने तयारी गरेको छ । अहिले सम्मको रामधुनी नगरपालिकामा ठुलो उत्सवको रुपमा माघी महोत्सवलाई भव्य तथा सभ्य रुपमा मनाउन लागिएको आयोजकले जनाएको छ ।

थारु महिलाको नेतृत्वमा रामधुनी नपाको झुम्का बजारमा पहिलो पटक येति ठुलो उत्सवको रुपमा मनाउन लागिएको थारु महिला सभाकी अध्यक्ष सिता चौधरी जानकारी दिइन । माघी पर्वलाई सम्पुर्ण जातजातिले मनाउने भएता पनि थारु समुदायले विशेष गरी परिवारको दीर्घायु तथा रोग व्याधीबाट बच्न विभिन परिकारहरु खाएर मनाउने चलन रहेको छ । चौधरीका अनुसार माघी महोत्सवमा विभिन्न जातजातिको पहिचान सहितको झाँकी प्रदर्शन, भेषभुषा, मौलिक परम्पराको धुमरा नाच, थारु समुदायको विभिन्न परिकारबाट दर्शकलाई स्वाद चखाउने बताइकी हुन । त्यति मात्र नभएर महोत्सवमा रोटे पिङग, व्रेक डान्स, डाइगन खेल लगायतका ख्याति प्राप्त कलाकार द्धारा प्रत्येक दिन दर्शकहरुलाई मनोरञ्जन गराईने समेत अध्यक्ष चौधरी जनाकारी दिइकी छिन । विशेष गरी थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रुपमा मनाउने चलन रहेको छ ।

यस पर्वमा थारु समुदायले समाजका लागि बडघर चुन्ने, अगुवा तथा नेताहरु चुनेर बर्ष भरीको हिसाव बारी गर्ने चलन रहेको थारु कल्याणकारी सभा तथा आदिवासी जनजाति महासंघ रामधुनीका अध्यक्ष राजकुमार चौधरी बताए । लोप हुदै गईरहेको पुराना संस्कृति परम्परा तथा चार्ड पर्वलाई नयाँ पूस्तामा अनुसरण गर्नका लागि समय–समय यस्ता कार्यक्रम हुनु पर्छ, आफनो पहिचान झल्किनुका साथै निरन्तरता दिनु आवश्यक रहेको महिला अगुवा तारा चौधरीले बताइन ।

माघी महोत्सवमा एक दर्जन भन्दा बढी स्टलहरु रहने, पुस २१ बाट सुरु भएर ३० गते सम्म चल्ने छ । सुनसरी, मोरङ, सप्तरी, उदयपुर जिल्लाका करिब दशौ हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा