यो बर्ष यि स्मार्टफोनहरुमा हुनेछ विश्वको नजर


नयाँ बर्ष २०१९ लाई स्वागत गरिसकेका छौ । पछिल्लो बर्ष जस्तै यस बर्षपनि स्मार्टफोनको बजारमा हलचल आउने पक्का छ । यो बर्ष तपाईले केही अलग तरीकाको स्मार्टफोन देख्न पाउनु हुनेछ , जसमा क्यामरा, स्टोरेज तथा प्रोसेसरमा धेरै सुधारता पाउन सकिन्छ । सैमसुङ्ग र हुवावेले पहिले नै ४८ मेगापिक्सल सम्मको स्मार्टफोन लन्च गरीसकेको छन । तपाई कुन फोन किन्ने तयारीमा हुनुहुन्छ । जानौ २०१९मा लन्च गरिने केही मोवाइल फोनहरुको बारेमा ।

iphoneहरेक वर्ष झै यस बर्ष पनि आइफोनको नयाँ फोनको प्रतिक्षामा हुनेछौ । गत बर्ष डिजाइनलाई लिएर केही नयाँ कुराहरु आइफोनमा देख्न पाइएको थिएन । आशा गरौ यो बर्ष केही नयाँ तिन डिजाइन देख्न पाउनेछौ ।

One Plus 7 चिनिया स्मार्टफोन वन प्लस 5G सपोर्ट गर्ने स्मार्टफोन ल्याउने तयारीमा छ । । यो मोवाइलमा स्नैपड्रैगन 855प्रोसेसरको साथमा ५ जि को तालमेल हुन सक्ने साथै डिजाइनमा समेत केही परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।

Galaxy S10,S10 plus  सैमसुंगको फ्लैगशिप सिरिजले यो बर्ष जादु चलाउन सक्छ ? यो त लन्च भएपछि थाहा होला, तर यो समयमा कम्पनीले ग्यालेक्सी एस १०मा धेरै नै परिवर्तन गर्न सक्छ । यो फोनलाई अबको केही महिनामै देख्न पाउने छौ र यसमा 5G कनेक्टिविटीको हुन सक्ने अडकल हुन थालेको छ । साथै यो स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिंट स्कैनर पनि हुन सक्नेछ ।

Nokia 9 यो स्मार्टफोनको बारेमा बिभिन्न समाचारहरु आइरहेका छन्। यो कम्पनीको फलैगशिप स्मार्टफोन हुनेछ र यस फोनमा पाँचवटा क्यामरा हुने बताइएको छ । यस फोनको डिजाइन पहिले नै तयार गरिएको थिए । हेरौ कस्तो हुने छ विश्वको पहिलो पाँच क्यामरा भएको मोवाइल । Galaxy Note 10 सैमसुंगका नोट सिरिज निकै रुचाइएको पाईन्छ र परफोमेन्सको कुरामा पनि अब्बल रहेको छ । तर अबको नयाँ संस्करणमा के नयाँ कुराहरु समावेस हुनेछ त्यो भने जानकारीमा आएको छैन । जानकारी अनुसार यसमा ३.५ एम एमको ज्याक हुनेछैन र अडंर डिस्प्ले क्यामरा रहने छ ।

Google Pixel Smartphones pixel 3, pixel 3Xl यो दुवै फोन फोटोग्राफीको लागि निकै उपयुक्त छन् । यस बर्ष धेरैको नजर यी स्मार्टफोनमा रहेको छ । नाइट साइट निकै राम्रो थियो तर दुई बर्ष देखि लगातार एउटै किसिमको डिजाइनमा यो फोन लन्च भएको हुदाँ यस पटक नयाँ डिजाइनको आशाा गरिएको छ ।

Huawei P30 Pro यस बर्ष हुवावे ले P20 Pro ले निकै स्थान पाएको छ । यसको मुख्य कारण हो । यसमा भएको 10X जुम र ३D सेन्सर रहेको थियो । अब हुवावेको पि ३० मा के के नयाँ सुविधाहरु आउने हो त्यो हेर्न बाकि नै छ । अमेरिका लगायत केही देशहरुले सुरक्षाको कारण देखाउदै यस फोनलाई प्रयोगमा रोक समेत लगाएका छन् ।


Loading comments...