Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार
chandaragiri

चन्द्रागिरी केवलकारले आई. पि. ओ. निष्कासन गर्ने

१७ पुष २०७५, मंगलवार १६:४०

लोकप्रिय

काठमाण्डौको पश्चिमी भागमा अवस्थित चन्द्रागिरी नगरपालिकामा केवलकार संचालनमा रहेको छ । उक्त केवलकारवाट डाँडाको टुप्पोमा रहेको धार्मिक आश्था बोकेको भालेश्वर महादेवको मन्दिर जान सकिन्छ र त्यहाँबाट विभिन्न हिमश्रृंखला तथा काठमाण्डौ शहर वरिपरीको मनोरम दृष्य देख्न सकिन्छ । हाल चन्द्रागिरी हिल्स प्रा.लि.ले रु. १५ करोड बराबरको १५ लाखे कित्ता साधारण शेयर बिक्री गर्ने जनाएको छ ।

चन्द्रागिरी हिल्स प्रा.लि. ले प्रतिकित्ता रु. १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा हुने भएको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव गरिने भएको छ ।

चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको कुरा जानकारी दिए । कम्पनीले चुक्ता पूँजी रु. १ अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ ।

विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौं उपत्यकाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याएको छ ।चन्द्रागिरी हिल्स प्रा.लि. ले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत रु. एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा