
आज श्रीस्वस्थानी बर्त कथा समापन गरिँदै
७ फाल्गुन २०७५, मंगलवार ०६:००

पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि प्ररम्भ गरिएको कथाबाचन आजका माघ शुक्ल पुर्णिमाको दिन विशेष पुजा आजाको साथ विधिवत रुपमा समापन गरिन्छ । आज श्रीस्वस्थानीको बर्त बस्ने बर्तालुहरु भजन कृतन गरी जाग्राम बस्दछन भने कथा मात्र बाचन गर्नेहरु नदिमा गई पुजा विर्सजन गर्दछन ।
श्री स्वस्थानी बर्तकथामा उल्लेख भए अनुसार नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्रीस्वस्थानी मातासंगै श्री महादेवको पनि पुजा गर्नु, यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू,१०८ भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य फलफूल र नैबेद्यहरू यथाशक्य चढाउनु ।
पूजा सकिएपछी उक्त थालीलाई १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रतप्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो ब्रत पूराभयो भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८ र ८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता, आठ पान , आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदिमा बगाई दिनु र सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु भनि बर्त समापन विधि बतएइको छ । पुजा पश्चात बाँकी रहेका फल तथा फुल, पुष्पहरु नदिमा मेरो बर्तको फल प्राप्त होस भनि बगाउने गरिन्छ ।
कसैले यो दिनमा बर्त समापन गर्न नहुने अवस्था भएमा नजिकैको पुर्णिमाको दिनमा समापन गर्न सकिन्छ यदि त्यो पनि नभए अन्य कुनै शुभ दिन पारी समापन गर्न सकिने कुरा पनि कथामा बताइएको छ । आजको दिनमा काठमाण्डौको शालिनदि लगायत देशको विभिन्न तिर्थस्थलहरुमा विशेष मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।
नेपालको एक गहनाको रुपमा रहेका लामिछाने हाल अष्ट्रेलियाको विग ब्यास लिगमा क्षमता देखाउन ब्यस्त छन । उनी आइ पि एलमा