Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

नेपाल टोपी प्रतिष्ठान, कास्कीद्धारा पोखरामा मनाइयो टोपी दिवस

१८ पुष २०७५, बुधबार १४:१८

लोकप्रिय

हाम्रो टोपी हाम्रो शान, हाम्रो मौलिकता हाम्रो पहिचान । कुनै पनि देशको मौलिकतालाई त्यस देशमा बोलिने भाषा, प्रयोगहुने भेषभुषाले निर्धारण गर्दछ ,जुन पुर्खाको समयदेखि प्रयोगमा आएको हुन्छ । ऐतिहासिक महत्व बोकेको ढाका टोपीलाई तत्कालिन सरकारले राष्ट्रिय पोशाकको सुचिबाट हटाएपछि, नेपाली टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषण गर्नु पर्ने मागसहित नेपाली टोपी दिवस जनवरी १ मा मनाउन थालिएको हो ।

अन्तराष्ट्रिय स्तरमा ढाका टोपी दिवस मनाउ थालिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुले आफनो भेषभुषाको सम्मानमा ढाका टोपी दिवस मनाउने गरिन्छ ।

नेपाल टोपी प्रतिष्ठान, कास्कीद्धारा पोखरामा छैटौं अन्तराष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा सम्पन्न भयो । नेपाली पोसाकको संरक्षणको लागि गठित संस्थाले गण्डकी प्रदेश प्रमुख बाबुराम कुबँरलाई ढाका टोपी प्रदान गरी कार्यक्रमको शुरुवात गरेको संस्थाका कोषाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

साथै उक्त संस्थाले गण्डकी प्रदेशका मन्त्री भौतिक पुर्वाधार विकाश मन्त्री राम शरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, गण्डकी प्रदेश सांसद दिपक कोईराला, विन्दुकुमार थापा र राजिव पहारी लाई नेपाली ढाका टोपी लगाएर सम्मान गरेको हो।

त्यस्तै प्रदेश प्रमुख सचिब लक्ष्मीराम पौडेल, प्रदेश प्रहरी प्रमुख दान सिंह बोहोरा, प्रमुख जिल्ला अधिकारी चक्र वहादुर बुढा, सहायक प्रजिअ राजेश पन्थी, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने, सहायक प्रमुख सुर्य थपलियालाई नेपाली ढाका टोपी प्रदान गरेको छ।नवगठित संस्थाका अध्यक्ष एवं टोपी दिवसका संयोजक महेश्वर सिंह भण्डारी भन्छन,’नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपाली मुल भाषीहरुले आ(आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिने सबैप्रकारका टोपी, नेपाली टोपी नै हुन् नेपाली टोपी, नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश रस्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो ।नेपाली भेषभुषालाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि पनि टोपी दिवसको महत्व रहेको प्रतिष्ठानका सचिब सचिन रानाभाटले जानकारी गराउनु भयो। नवगठित सामाजिक संस्थाको उपाध्यक्षमा सिए उवेक कुमार श्रेष्ठ, कोषाध्यक्षमा रोहित गिरि, सदस्यहरुमा पुकार पुन, अनिषा बिक, निरज गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन।

धूमपानले नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । धूमपानले हुने

ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, आवाज घोक्रो हुने, रुघा लाग्ने, नाक बन्द हुने, छालामा डाबर आउने, आखा

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको